शनिश्चरे २३ माघ । अर्जुनधारा नगरपालिका ४ भाङवारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष यामबहादुर दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष चित्रबहादुर कटुवाल र लेखा समितिका सदस्य खगेन्द्र पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै व्यवस्थापकको तर्फबाट नीरबहादुर मगरले आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले आव २०७६/०७७ मा १५ धुर जग्गा सभाहलसहित चारकोठे भवन निर्माण गरेको उल्लेख गरिएको छ । साथै सरकारी अनुदानमा डिलरमार्फत कृषकलाई रसायनिक मल वितरण गरेको जनाइएको छ ।
४५७ सदस्य रहेको संस्थाको शेयरपूँजी ३१ लाख सातहजार सातसय ९३ रुपैयाँ रहेको बताइएको छ भने सोही अवधीमा संस्थाले ५२ लाख ९२ हजार आठसय ४५ रुपैयाँ बचत गरेको मगरले जानकारी दिनुभयो ।
सोही अवसरमा ज्येष्ठ शेयर सदस्य नेत्रप्रसाद गुरागाँई र असल बचतकर्ता तथा ऋणी गंगा राउतलाई सम्मान–पत्र सहित नगद र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
अध्यक्ष दाहालको सभापतित्व तथा अर्जुनधारा नगरपालिका वडा नं.–४ का वडासदस्य मोहनप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खतिवडा, अर्जुनधारा नगरपालिका पशु सेवा केन्द्रका पशुपंक्षी विकास अधिकृत पदमलाल राई लगायतले मन्तव्य राखेका थिए । संस्थाका सचिव प्रेम कार्कीले सञ्चलन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष बसोधा घिमिरेले गर्नुभएको थियो ।
चाँदनी बहुउद्देश्यीयको २० औं साधारणसभा
