Home समाचार तानाशाहीकरणको खतरा बढ्यो : खनाल

तानाशाहीकरणको खतरा बढ्यो : खनाल

झापा २३ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले मुलुक तानाशाहीकरणमा जाने खतरा बढेको बताउनु भएको छ ।
झापाको विर्तामोडमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाटमा सरकार आफैंले सडकमा जुलुस निकालेर डंका देखाएको बताउँदै वरिष्ठ नेता खनालले प्रधानमन्त्री आफैं संविधानको विध्वंश गरेर तानाशाहीकरणको प्रक्रियामा अघि बढेको आरोप लगाउनु भयो ।
पत्रकारहरुसंगको कुराकानीमा बरिष्ठ नेता खनालले अन्धा मान्छेहरुमात्रै प्रतिगमनको पक्षमा उभिएको टिप्पणी गर्दै प्रतिगामी कदम सच्याउने कार्यमा सहयोग गर्न जनतालाई आह््वान समेत गर्नुभयो ।
सर्वोच्च अदालत कुनै राजा महाराजले खडा नगरेको धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता खनालले अदालत संविधान र कानुन अनुसार चल्ने संस्था भएकाले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन आयोग संविधान अनुसार गठन भएको संवैधानिक आयोग भएको बताउँदै उहाँले आयोगले संविधान र दल सम्बन्धी ऐनका आधारमा नेकपाको आधिकारिकताको टुङ्गो लगाउने बताउनु भयो । उहाँले भन्नुभयो– दल सम्बन्धी ऐनमा बहुमत केन्द्रीय सदस्य हुनेले आधिकारिकता र चुनाव चिन्ह पाउँछ ।
केपी ओली समूहले गरेको प्रदर्शनलाई नेता खनालले पञ्च र्यालीको संज्ञा दिनुभयो । संयुक्त आन्दोलनका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफमा नेता खनालले छलफल हुँदैछ, संयुक्त आन्दोलन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार तानाशाहीकरणको खतरा बढ्यो : खनाल

Most Popular

Recent Comments