Home समाचार विर्तामोडमा कार तोडफोड, स्कूल बन्द बजार छिटफुट खुल्ला

विर्तामोडमा कार तोडफोड, स्कूल बन्द बजार छिटफुट खुल्ला

विर्तामोड २२ माघ । नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले विर्तामोडमा एउटा कार तोडफोड गरेका छन् । प्रचण्ड–माधव समूहले आह््वान गरेको बन्दमा विर्तामोडको पश्चिम बस स्टेन नजिकै मे. १ च. १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड गरेका हुन् ।
बिर्तामोडको पश्चिम बसपार्क भएको घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराई हातमा चोट लागेको बताइएको छ । कार्यकर्ताले गाडी तोडफोड गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर सुरक्षा प्रदान गर्दै भिडलाई नियन्त्रण गरेको थियो ।


पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त कारलाई बन्दकर्ताले रोक्न खोज्दा अस्वाभाविक गतिविधि देखाएपछि भिडले गाडीको शिशा फुटाएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो । बन्दकर्ताहरुले सडकमा आएका गाडीलाई रोकेर सम्झाउँदै पठाउने गरेको भएपनि मे. १ च. १९४२ का कार चालकले अर्कै गतिविधि देखाएपछि बन्दकर्ताहरु आक्रोशित भएका थिए ।
संसद भंग गरेर काम चलाउ भएको केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा विहीबार आम हडताल आह््वान गरेको थियो । बन्द सफल बनाउन राजमार्गमा बिहानैदेखि नेकपाका कार्यकर्ताहरू बन्द गराउँदै हिँडेका छन्।
प्रधानमन्त्री ओलीको गृह जिल्ला समेत रहेको झापामा बन्दको प्रभाव परेको छ । सडकमा लामो तथा छोटो दूरीका ठूला सवारी साधन खासै चलेका छैनन् । साना, निजी र निर्माण सामग्री बोक्ने साधन केही मात्रामा गुडेका छन् ।
प्रमुख बजारहरु बिहान आंसिक खुलेपनि बन्द गरिदिन बन्दकर्ताले आह्वान गरेपछि बन्द भएका थिए । झापा सदरमुकाम चन्द्रगढी, विर्तामोड, काँकडभिट्टा, धुलाबारी, चारआली, दुधे, दमक, झिलझिले, शिवगञ्ज, गौरादह, गौरीगञ्ज, शनिश्चरे, बुधबारेलगायतका बजार बन्द प्रायः छन् ।
विद्यालयमा परीक्षा सुचारु भएपनि पढाइ हुन नसकेको विद्यालय सञ्चालकहरुले जनाएका छन् । विहान खुलेका विद्यालयहरुमा बन्द आयोजकले फोन गरेर बन्द गर्न आग्रह गरेसंगै विद्यालय बन्द गरिएको सञ्चालकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडमा कार तोडफोड, स्कूल बन्द बजार छिटफुट खुल्ला

Most Popular

Recent Comments