Home समाचार भद्रपुरबाट ५४ एम्पुल लागु औषधसहित २ जना नियन्त्रणमा

भद्रपुरबाट ५४ एम्पुल लागु औषधसहित २ जना नियन्त्रणमा

भद्रपुर २१ माघ । भद्रपुर नगरपालिका वडा नं.–५ स्थित नरसिंह बगान क्षेत्रबाट प्रहरीले ५४ एम्पुल प्रतिबन्धित लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर–५ मा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा जिल्ला झापा दमक नगरपालिका १२ का २६ वर्षीय बिकास परियार र २८वर्षीय शरण राईको साथबाट डाईजेपाम १८ एम्पुल, बुप्रेनरफिन १८ एम्पुल र फेनारगन १८ एम्पुल (१८ सेट) गरी जम्मा ५४ एम्पुल प्रतिबन्धित लागु औषध सहित फेला परेसंगै उक्त लागु औषध बरामद गर्नुका साथै परियार र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भद्रपुरबाट ५४ एम्पुल लागु औषधसहित २ जना नियन्त्रणमा

Most Popular

Recent Comments