Home समाचार चन्द्रगढी समाजसेवाद्वारा बृद्धा सम्मानित

चन्द्रगढी समाजसेवाद्वारा बृद्धा सम्मानित

भद्रपुर २१ माघ । झापाको भद्रपुर १० स्थित चन्द्रगढी समाजसेवाले समाजको दो्रस्रो बार्षिक उत्सव तथा स्थापना दिवसको अवसर पारेर २ जना बृद्धाबृद्धलाई सम्मान गरेको छ ।
भद्रपुर १० स्थित हनुमान चौकमा बुधवार सम्पन्न कार्यक्रममा भद्रपुर ९ निवासी ८५ बर्षिया मनकुमारी पोखरेल भद्रपुर १० निवासी ७९ बर्षिया विश्वनाथ अधिकारीलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गोलोक गोबर्धनधाम शिवसतासी झापाका प्रमुख नन्दकिशोर भारद्वाज सुवेदी, संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारी लगायतले जेष्ठ मातापितालाइ दोसल्ला सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
सोहि अवसरमा मेची अंचल अस्पतालका चिकित्सक मनोज शाहले स्वास्थ्य प्रशिक्षण समेत प्रदान गर्र्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदी ,ट्राफिक प्रहरी कार्यलय चन्द्रगढीका प्रमुख जनक तिम्सिना, भद्रपुर जेसीजका अध्यक्ष खिलानाथ पाण्डे निकास, वडा नं ९ का कार्यवाहक वडाध्यक्ष राम दाहाल लगायतले मन्तव्य राख्दै समाजले गरेको कार्यहरुको प्रशंसा गर्र्नु भएको थियो ।
संस्थाले सोही कार्यक्रममा मेची अंचल अस्पताल भद्रपुर झापालाई १ थान बे्रन्च प्रदान गरेको थियो । संस्थाका अध्यक्ष्य अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन देवीमाया अधिकारी र स्वागत मन्तव्य नयांंनाथ पाण्डेले गनु भएको थियो ।
सो अवसरमा संस्थाका मानार्थ तथा संरक्षक सदस्य १,१ जनासहित २० जनालाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चन्द्रगढी समाजसेवाद्वारा बृद्धा सम्मानित

Most Popular

Recent Comments