Home समाचार बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विर्तामोड २० माघ । बसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका सडकखण्ड अन्तरगत विर्तामोड–१ स्थित पश्चिम बसस्टेनमा पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख १५२० नम्बरको यात्रुवाहक बसको ठक्करबाट बाटो काट्दै गरेका बुट्टाबारी–६ बस्दै आएका सागर मिश्र बसको ठक्करबाट घाइते भएका थिए । घाइते मिश्रलाई उपचारका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटल पुर्याउना साथ उनलाई डा. मृत घोषित गरेका थिए ।
मिश्रलाई ठक्कर दिने बसका चालक विर्तामोड–७ का रवि पाठकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक मिश्र मागी खादै हिड्ने भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

Most Popular

Recent Comments