Home समाचार समाचार जीडीपीमा विश्वमा झर्यो भारत, मोदीलाई चुनौति थपियो

जीडीपीमा विश्वमा झर्यो भारत, मोदीलाई चुनौति थपियो

झापा । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा भारत दुईस्थान तल झरेर विश्वको सातौं अर्थतन्त्र बन्न पुगेको छ । आर्थिक वर्ष सन् २०१८ को लागि विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारत बेलायत र फ्रान्सभन्दा पछि पर्दै सातौं स्थानमा झरेको हो । २०१७ बेलायत र फ्रान्सलाई पछि पार्दै भारत विश्व अर्थतन्त्रमा पाँचौं स्थान ओगट्न सफल भएको थियो ।
जीडीपीको मामिलामा पहिलो स्थानमा रहेको अमेरिकाको जीडीपी २ सय ५ खर्ब डलर पुगेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको चीनको जीडीपी १ सय ३६ खर्ब डलर छ भने ५० खर्ब डलरका साथ जापान तेस्रो स्थानमा छ ।
बेलायत र फ्रान्स २८ खर्ब डलरको अर्थतन्त्रको साथमा पाँचौं र छैठौं स्थानमा छन् । भारतको जीडीपी २७ खर्ब डलर पुगेको छ । अर्थविद्का अनुसार आर्थिक वर्ष २०१८ मा भारतीय अर्थतन्त्र सातौं स्थानमा आउनुको मुख्य कारण भारुमा देखिएको उतारचढाव र सुस्त वृद्धि हो ।
भारतीय रेटिंग्स एण्ड रिसर्चका प्रमुख अर्थविद् देवेन्द्र पन्तले २०१७ मा भारु डलरको तुलनामा बलियो रहेको भए पनि २०१८ मा कमजोर रहनु जीडीपीको हिसाबमा पछि पर्नुको एक कारण रहेको प्रस्ट्याएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ सम्म ५० खर्ब डलरको विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनाउने उद्घोष गरेपनि विश्व बैंकको सार्वजनिक तथ्याङ्कले प्रधानमन्त्री मोदीको योजना कत्तिको सफल होला ? यसले प्रधानमन्त्री मोदीले उद्घोष गरेको लक्ष्य हासिल गर्नेमा चुनौति अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार जीडीपीमा विश्वमा झर्यो भारत, मोदीलाई चुनौति थपियो

Most Popular

Recent Comments