Home महिला महिला उद्यमी संघ नेपाल झापाको माघ १७ गते खाना महोत्सव

महिला उद्यमी संघ नेपाल झापाको माघ १७ गते खाना महोत्सव

झापा १५ माघ । स्थानीय खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल झापाले दोस्रो पटक खाना महोत्सव गर्ने भएको छ ।
स्थानीय तथा परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ १७ गते झापाको विर्तामोडमा एकदिने खाना महोत्सव गर्न लागिएको संघका झापा अध्यक्ष नैनकला भट्टराईले बताउनु भयो ।
महोत्सवमा ढिटो, गुन्द्रुकको अचार, सिस्नोको सुप, सेल रोटी, तरकारी, फापरको रोटी तथा जस्ता खाना महोत्सवमा राखिने बताइएको छ ।
स्थानीय खानाका परिकारको प्रवद्र्धन र बजारीकरण गर्दै उद्यमसंग जोड्नका लागि महोत्सव उपलब्धी मुलक हुने महिला उद्यमी संघ नेपालका प्रदेश संयोजक गोमा भट्टराईले बताउनु भयो ।
पछिल्लो समय परम्परागत मौलिक खानाप्रति मानिसको आकर्षण पनि बढ्न थालेका कारण महोत्सव उपलब्धीमुलक हुने अध्यक्ष भट्टराईको अपेक्षा छ । महोत्सवमा एकहजार बढीले खानाको स्वाद लिने आयोजकको अनुमान छ ।
बहुजाति, बहुभाषी र बहुसांस्कृतिक पहिचान बोकेका विभिन्न जातजातिको बसोबास रहेको झापामा आ–आफ्नै मौलिक खाना परिकार छन् ।
विषादीरहित फुलखेति तथा परम्परागत अग्यानिक खानेकुराको प्रवद्र्धनमा जोड दिंदै आएको संघले यो वर्ष दोस्रो पटक खाना महोत्सव गर्न लागेको हो । संघले गत वर्षपनि यही सिजनमा पर्यटन वर्ष २०२० लाई लक्षित गरी खाना महोत्सव गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला महिला उद्यमी संघ नेपाल झापाको माघ १७ गते खाना महोत्सव

Most Popular

Recent Comments