विर्तामोड १० माघ । बृद्वाश्रममा आश्रित बृत्द्वबृद्वालाई सामुहिक खाना खुवाउनुका साथै आर्थिक सहयाेग गर्दै वीरता लेडी जेसीजले १७ औं स्थापना दिवसको मनाइएको छ ।
स्थापना दिवसको अवसर पारेर बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका मातापितालाई खाना खुवाउनुका साथै नगद सहयोग गरिएको अध्यक्ष स्वस्तिका आर्चायले जानकारी दिइन् ।
विर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष संगिता पौडेल, जेसीज पूर्वअध्यक्ष समाज झापा अध्यक्ष बिनोद बस्नेत, नारी संचार गृह झापा अध्यक्ष भिमा शिवाकोटी, वीरता लेडी जेसीजका सस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना राख्नुभएको थियो ।
कार्यक्रममा जेसीज मिसन भिजन,नेपाल जेसीज र शाखाको प्रकरण युनिता दवाडीले गर्नुभएको कार्यक्रममा आस्था बाचन मुना चुडालले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष झुमा चुडालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव हिमा पौडेलले गर्नुभएको थियो ।
वीरता जेडी जेसीजद्धारा स्थापना दिवसमा वृद्धाश्रममा सहयोग
