Home Featured 2 भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं ८ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप विहीबार (आज) काठमाडौं आइपुगेको छ । एयर इन्डियाको विमानबाट विहीबार अपरान्ह्रकोरोना विरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई उपलब्ध गराएको बताइएको छ । एयरपोर्टमा आइपुगेको सो खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।
ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो

Most Popular

Recent Comments