Home समाचार वीरता लेडी जेसीजको उद्घोषण तालिम

वीरता लेडी जेसीजको उद्घोषण तालिम

विर्तामोड ८ माघ । वीरता लेडी जेसीजद्वारा संस्थामा आवद्ध सदस्यहरु लक्षित एकदिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा जेसीजमा आवद्ध ४० जनाको सहभागीता रहेको थियो । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको तालिमको उद्घाटन तथा कार्यक्रमकी प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष शारदा रिजालले गरेकी थिइन् ।


सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोलले सहजीकरण गरेको तालिममा आस्थावाचन स्मृति रिमाल ‘घिमिरे’ले गरेकी थिइन् । तालिम संयोजक सेलिसा उप्रेतीले स्वागत गरेको कार्यक्रममा जेसीआई मिसन भिजन, नेपाल जेसीज र शाखा प्रकरण रेणुका महत्तोले वाचन गरेकी थिइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, पूर्व अध्यक्ष उर्मिला खरेल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वीरता लेडी जेसीजको उद्घोषण तालिम

Most Popular

Recent Comments