Home मेचीनगर बलभद्रका विद्यार्थीलाई स्कूल ब्याग र ट्रयाकसुट

बलभद्रका विद्यार्थीलाई स्कूल ब्याग र ट्रयाकसुट

विर्तामोड ८ माघ । मेचीनगर नगरपालिका वडा नं.–११ स्थित बलभद्र माविमा अध्ययनत गरीब तथा विपन्न समुदायका बालबालिकालाई स्कूल ब्याग वितरण गरिएको छ ।
विद्यालय परिषरमा आयोजित एक कार्यक्रमका बीच हाम्रो अभियानका अध्यक्ष झापा मेचीनगर–१४का नरेस मोहरा, अभियानका सचिव विष्णु आचार्य र सदसइ भरत यादवले संयुक्त रुपमा २० जना विद्यार्थीलाई स्कूल ब्याग वितरण गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य अञ्जु वर्देवा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका प्रधानअध्यापक तुलसी सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक होमराज ढकालले गर्नुभएको थियो ।
यसैबीच जाडो बढ्दै गएसंगै मेचीनगर नगरपालिका वडा नं.–११ ले कक्षा नर्सरीदेखि ४ कक्षासम्मका सबै बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
बलभद्र माविमा अध्ययनरत बालबालिकालाई वडा कार्यालयको तर्फबाट (ट्रयाकसुट) वितरण गरेको शिक्षक ढकालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मेचीनगर बलभद्रका विद्यार्थीलाई स्कूल ब्याग र ट्रयाकसुट

Most Popular

Recent Comments