Home समाचार झापाका प्रहरी प्रमुखको प्राथमिकता लागु औषध नियन्त्रण

झापाका प्रहरी प्रमुखको प्राथमिकता लागु औषध नियन्त्रण

भद्रपुर २ माघ । जिल्ला प्रहरी कार्यलय झापाको जिम्मेवारी सम्हाल्न झापा आउनु भएका प्रहरी प्रमुख सानुराम भट्टराईले झापामा रहँदाको आफ्नो कार्यकालमा लागु औषध नियन्त्रण र रोकथामलाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।
कार्यालय परिसर चन्द्रगढीको सभाहलमा शुक्रबार आयोजित झापाली सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख भट्टराईले यस्तो बताउनु भएको हो ।
उहाँले भविष्यको राष्ट्रिय संवाहकको रुपमा परिचति युवा बर्ग नै लागु औषध दुव्र्यसनमा लाग्ने गरेको बताउदै आफुले लागु औषध नियान्त्रण तथा ओसारपसारलाई पहिलो प्राथामिकतमा राखेर काम गर्ने बताउनु भएको छ ।
प्रमुख भट्टराईले जिल्लाका आम नागरिक तथा संचारकर्मीहरुको सल्लाह तथा सुझावलाई आधार मानेर मानव बेचविखन, चोरी तस्करी नियन्त्रण लगायतका समाजमा रहने आपराधिक नियन्त्रणमा प्रहरी अहोरात्र लागि पर्ने बताउनु भयो ।
आफनो कार्यकालमा झापाली जनतालाई शान्ति सुरक्षाको अनुभुति गराए छोड्ने उहाँको प्रतिवद्धता भट्टराईले प्रहरीले कहिल्यै पनि राजनीतिक दबाबमा रहेर काम नगर्ने स्पष्ट पार्दै कानुन बमोजिम पीडितलाई न्याय र पीडकलाई कारवाही गराएरै छाडिने बताउनु भयो । कार्यक्रमको सहजीकरण डिएस पी राकेश कुमार थापाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापाका प्रहरी प्रमुखको प्राथमिकता लागु औषध नियन्त्रण

Most Popular

Recent Comments