Home समाचार पुराना राजनीतिज्ञ तथा पत्रकार आचार्यको निधन

पुराना राजनीतिज्ञ तथा पत्रकार आचार्यको निधन

झापा २९ पुस । पुराना राजनीतिज्ञ तथा पत्रकार जनार्दन आचार्यको ८१ वर्षको उमेरमा आज (बुधबार) निधन भएको छ ।
विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी आचार्य पछिल्लो समय पार्किन्सनबाट पीडित थिए ।
धरानबाट काठमाडौं बस्न थालेसंगै पत्रकारिता क्षेत्रमा प्रवेश गरेका आचार्य साप्ताहिक मञ्चका संस्थापक हुन भने साप्ताहिक विमर्श, समकालीन साप्ताहिक, नेपालीपत्र साप्ताहिकमा सम्पादक भएर काम गरेका थिए । उनी राजनीति, सामाजिक र साहित्यलाई विषयवस्तु बनाएर स्तम्भ लेख समेत लेख्थे ।
पुराना राजनीतिज्ञ समेत रहेका उनी राष्ट्रियसभाका पूर्व सदस्य हुन भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेको बताइएको छ ।
स्वर्गीय आचार्यको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय आचार्यका श्रीमती र तीन छोरा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पुराना राजनीतिज्ञ तथा पत्रकार आचार्यको निधन

Most Popular

Recent Comments