Home समाचार सवारी नियमनका लागि २४ सै घण्टा सडकमा

सवारी नियमनका लागि २४ सै घण्टा सडकमा

झापा २९ पुस । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पूर्व–पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरुमा सञ्चालन हुने सवारी साधनहरुको नियमन गर्र्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रमअघि सारेको छ । केहि दिन यता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
सडकमा दुर्घटना न्युनिकरण गर्न बैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । उनले भने, ‘अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने बैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो ।’
जिल्ला भित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरुलाई सचेतना, साईकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कार्वाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी निरीक्षक जवेगुले बताए ।
बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरित दिशाका दुई यातायातका साधनका चालक बीच बत्तिको समन्वयकारी भुमिका नहुँदा अत्यधिक दुर्घटना बढेको कार्यालयका ट्राफिक प्रहरी नायव निरीक्षक शिवकुमार शर्माले बताए । पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने राता बसको लापर्बाहीका कारणपनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याई छ ।
तर, तीन पाङ्गग्रे, मोटर साईकल र मालवहाक ट्रकका चालकका अनुसार राजमार्गमा अरुको जिन्दगीको सरोकार नराखी तीव्र गतिमा चल्ने राता बसको कारण दुर्घटना बढेको हो । ‘दश रुपैयाँका लागि यात्र्ु बोक्न राता बसले घ्याच्च बे्रक गर्दा पछाडी आउने यातायातका साधन दुर्घटनाको सिकार बन्नु परेको हो,’ अटो रिक्सा चालक शिवलाल शिवाकोटीले भने, राता बसका चालकले अरुको जिन्दगीलाई रत्तिभर गन्दैनन् । मे १ ख ३०६४ नम्बरको यात्रुवाहक बसका चालक मनिष दर्जीले टाटाको मार्कोपोलो बसका चालकले लापरर्वाही ढंगले सवारी चलाउने गरेको बगाए । आफु अशोक लिलेण्ड गाडीको चालक भएको बताउदै उनले भने ‘मेरो गाडि त कुद्धै कुद्धैन मार्कोपोलोको त राजमार्गमा जताततै दादागिरी नै छ ।’
मे १ ख ७४८१ का चालक टंकप्रसाद सुवेदीले बस स्टेण्ड बाहिरबाट यात्रु नउठाए रोजिरोटी नै नचल्ने बताए । उनले रहरले होइन कहरले अगाडी पछाडिको दुरी हेरेर राजमार्गका गैर बस स्टेडबाट यात्रु उठाउने गरेको स्वीकार गरे । टाईमकार्ड अनिवार्य लागु गरे चालकलाई कुनै हतारो नहुने उनको भनाई छ । ‘साहु खुसी भए घरका बालबच्चा पनि खुसी हुन्छन,’ उनले भने, ‘साहुलाई खुसी बनाउन गाडीको गति बढाएर यात्रु नउठाए अर्को गाडिले उठाइदिन्छ । त्यसो नगरे भरे के खाने भन्ने पिर हुन्छ ।’
ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट परमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागु पदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिदै आएको छ ।
झापामा पुसमा मात्र ९७ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर १७ जनाको मृत्यु भयो । यो अन्य महिनाको भन्दा धेरै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर ४५ जना गम्भिर प्रकृतिको अंगभंग भए भने ७८ जना घाइते भए ।
एक महिनामा यतिको संख्यामा सवारी दुर्घटना हुँदा प्रहरीले एउटै कारण ठानेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको । ९७ वटा दुर्घटनामध्ये शिवसताक्षी नगरमा मात्रै १० वटा दुर्घटना भएका छन् । १० वटा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सवारी नियमनका लागि २४ सै घण्टा सडकमा

Most Popular

Recent Comments