Home महिला महिला उद्यमी संघ झापा उत्कृष्ठ

महिला उद्यमी संघ झापा उत्कृष्ठ

झापा २९ पुस । महिला उद्यमी महासंघ (EWEAN) का ५० वटा जिल्ला संघ मध्ये महिला उद्यमी संघ झापा देशभरकै उत्कृष्ठ भएको छ ।
उत्कृष्ठ शाखाका रूपमा झापालाई महिला उद्यमी महासंघको मंगलबार सम्पन्न १७ औ बार्षिक साधारणसभा सम्मान तथा पुरस्कृत गरिएको महासंघकी केन्द्रीय सदस्य तथा १ नं. प्रदेश संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो । देशभरकै उत्कृष्ठ बन्न सफल महिला उद्यमी संघ झापाले विगत तीनवर्षयता सामुहिक सयपत्री फुल तथा तरकारी खेती गर्दै आएको छ ।
त्यस्तै महिला उद्ममी संघ चितवन दोश्रो र पाल्पा तेश्रो तथा इलामलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । साधारणसभा महासंघका अध्यक्ष रिता सिम्हाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला महिला उद्यमी संघ झापा उत्कृष्ठ

Most Popular

Recent Comments