Home Featured 2 कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागु हुने

कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागु हुने

झापा २८ पुस । लामो समयको अन्योलमा पढ्दै र पढाइदै आएको कक्षा ११ र १२ को अन्योलबारे टुङ्गो लागेको छ ।
सर्वोच्च अदालतमा कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेसंगै अब विद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार नै पढ्न पाउने भएका छन् ।
न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले उक्त रिट खारेज गरी निर्देशनात्मक आदेश जारी गरेसंगै पाठ्यक्रम र पाठ्यपुस्तकबारेको अन्योलता हटेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा पाठ्यक्रम विकास बोर्डले गत वर्ष नयाँ पाठ्यक्रम तयार गरेको थिए । ‘राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६’ अनुसार पाठ्यक्रम लागु हुनेछ भएपछि ११ र १२ मा संकायमा नभई विद्यार्थीले विषय अनुसार पढ्नु पर्नेछ ।
रिट खारेजीको पूर्णपाठ आउन केही समय लाग्ने भएपनि पाठ्यक्रम भने लागू हुने सर्वोच्च अदालतका सूचना अधिकारीले जनाएका छन् ।
विगत ४ महिना देखि विद्यार्थी र विद्यालयहरू कुन पाठ्यक्रम पढ्ने र पढाउने भन्ने भन्ने टुङ्गो नलाग्दा विद्यार्थी, शिक्षक र अभिभावकमा समेत अन्योलता बढेको थियो ।
कोरोना संक्रमण जोखिमका बीच गत भदौदेखि विभिन्न तरिकाले कक्षा ११ को पठन पाठन शुरु भएको थियो । कक्षा शुरु भएसंगै उपत्यका बाहिरका अधिकतम विद्यालयले नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराएपनि उपत्यकामा भने पुरानै पाठ्यक्रम पढाइ भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 कक्षा ११ मा नयाँ पाठ्यक्रम नै लागु हुने

Most Popular

Recent Comments