शनिश्चरे २८ पुस । अर्जुनधारा नगरपालिका वडा नं.–७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. –७ का वडाध्यक्ष नवराम ढुंगाना (नवीन) को प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष निलाकुमारी दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने व्यवस्थापकको तर्फबाट उमा थापाले आर्थिक बर्ष २०७६/०७७ को प्रतिवेदन र लेखा समितिका संयोजक सोमन लुईटेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । दुईहजार दुईसय ६१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी एककरोड , ८२, लाख ०२ हजार चारसय रुपैयाँ र ६ करोड १७ लाख ४२ हजार ८७९ रुपैयाँ वचत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष दाहालको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढुंगाना, नगरपरिषद सदस्य देवीकुमारी घिमिरे, दैवी प्रकोप व्यवस्थापन समितिका अध्यक्ष केदार पराजुली, तरकारी तथा फलफुल सहकारी संस्थाका देवीप्रसाद बराल समाजसेवी देवकला प्रसाईं, स्वरोजगार भवानी वचत तथा ऋण सहकारीका भोला परियार लगायतले मन्तव्य राखेका थिए । गीता अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत कमला धितालले गर्नुभएको थियो ।
महिला चेतनाको १७ औं साधारणसभा सम्पन्न
