Home समाचार अपरेसन हन्टमार्फत भेटिए ११ मोटरसाइकल, ७ जना प्रहरी नियन्त्रणमा

अपरेसन हन्टमार्फत भेटिए ११ मोटरसाइकल, ७ जना प्रहरी नियन्त्रणमा

झापा २८ पुस । हराएका सवारी साधन खोजीका लागि प्रहरीले चलाएको अपरेसन हन्टमार्फत प्रहरीले ११ वटा मोटरसाइकल फेला पारेको छ भने ७ जनालाई नियन्त्रणमा लिएको छ ।
झापाको विर्तामोड र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले चोरीका ११ वटा मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी कार्यालयको क्षेत्रभित्र पुस २५ र २६ गते चलाएको ‘अपरेसन हन्ट’ मार्फत प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सातजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा इलाम माइनगरपालिका वडा नं.–२ बस्ने २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, सोही नगरपालिका वडा नं.–६ का २० वर्षीय रोशन गिरी, राजेश गिरी र मनिष गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै पाँचथर फाल्गुनन्द गाउँपालिका ३ घर भई हाल विर्तामोड–५ बस्ने वर्ष २१ का रोशन भनिने पासाङ तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ का २२ वर्षीय सन्दिप लिम्बू रहेका छन् ।
मोटरसाइकल चोरीमा संलग्न उनीहरुबाट प्रहरीले ३ वटा अपाची, २ वटा बजाज र ६ वटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सवारी साधन हराएपछि प्रहरी कार्यालयमा खोजी गरिदिन आग्रह गर्दै निवेदन दिएका आधारमा प्रहरीले खोजी कार्य अगाडि बढाएको बताइएको छ ।
बरामद गरिएका मोटरसाइकल तथा स्कूटरलाई अनामरनी इलाका प्रहरी कार्यालयमा राखि सवारी धनीको पहिचान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अपरेसन हन्टमार्फत भेटिए ११ मोटरसाइकल, ७ जना प्रहरी नियन्त्रणमा

Most Popular

Recent Comments