Home समाचार देशैभर कांग्रेसको विरोधसभा, ओलीको गृहनगरमा बयलगाडामा र्याली

देशैभर कांग्रेसको विरोधसभा, ओलीको गृहनगरमा बयलगाडामा र्याली

झापा २५ पुस । प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विगठनको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले तय गरेको कार्यक्रम अन्तरगत आज झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न भएको हो । झापा क्षेत्र नं १ क को मेचीनगर, ख को चारआली, झापा क्षेत्र नं २ क को गरामनी बजार, ख को खुदुनाबारी, झापा क्षेत्र नं ३ क को भद्रपुर बजार, ख को राजगढ बजारमा, झापा क्षेत्र नं ४ क को शिवगञ्ज बजार ख को सुरुङ्गा बजारमा, झापा क्षेत्र नं ५ क को गौरीगञ्ज बजार र ख को दमक बजारमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको हो ।
झापा क्षेत्र नं १ अन्तरगत मेचीनगर र चारआलीमा आयोजित कार्यक्रमका प्रमुख बक्ता केशवकुमार बुढाथोकीले नेपाली कांग्रेसकै नेतृत्वमा बनाइएको संविधानको संरक्षण गर्ने प्रमुख दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताउँदै संविधान विपरित विगठन भएको संसद पुनस्र्र्थापना कांग्रेसको मुख्य लक्ष रहेको बताउनुभयो । संसद विगठनका विरुद्ध एकजुट भएर सडकमा आउन पनि उहाँले लोकतन्त्रवादी जनसमुदायलाई आग्रह गर्नुभयो ।
क्षेत्र नं १ प्रदेश क का सभापति हर्क फियाकको सभापतित्वमा सम्पन्न मेचीनगरमा आयोजित कार्यक्रममा प्रमुख बक्ता केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य उषा गुरुङ, केशवराज पाण्डे, हिक्मत बस्नेत लगायतले बोलेका थिए । सभाको सञ्चालन बद्री खड्काले गर्नुभएको थियो । झापा क्षेत्र नं १ प्रदेश ख ले झापाको चारआली बजारमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । प्रदेश क्षेत्रीय सभापति सिता घिमिरे पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केशवकुमार बुढाथोकी, प्रेम सम्बाहाम्फे, गोमा भटराई धारणा राखेका थिए ।
यसैगरी झापा क्षेत्र नं २ प्रदेश क ले गरामनीमा विरोध र्याली तथा कोणसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र झापा सभापति उद्वव थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ सभापति सुशिला ढकाल, महासमिति सदस्य सिता पौडेल, जलकुमार गुरुङ, भोजराज सिटौला लगायतले मन्तब्य राखे । कार्यक्रमका अधिकांश बक्ताहरुले नेकपाको विवाद ब्यवस्थापन गर्न नसक्दा के.पी. ओली नेतृत्वको सरकारले सनकको भरमा गरेको संसद विगठन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै संविधानको संरक्षण र भ्रष्टाचारको विरोधका लागि कांग्रेस सडकमा आएको बताएका थिए । प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गर्नुभएको थियो ।


झापा क्षेत्र नं २ प्रदेश ख ले खुदुनाबारी बजारमा विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ । खसदुनावारीको सभालाई कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईको प्रमुख आतिथ्य र प्रदेश क्षेत्रीय सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कोणसभामा खड्ग प्रसाई, खगेन्द्र मैनाली, हेमराज खरेल लगायतले मन्तव्य राखेका थिए भने सञ्चालन शेखर बनले गर्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं ३ क को भद्रपुर बजारमा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । भद्रपुरको सिटी गार्डेनबाट विभिन्न नाराजुलुससहित निस्किएको रयाली भद्रपुर बजार परिक्रमापछि विरोधसभामा परिणत भएको थियो । प्रदेश सांसद ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र प्रदेश क्षेत्रीय सभापति चिन्तामणि खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भूमि राजवंशी, गणेश पोखरेल, शर्मिला अधिकारी लगायतले बोलेका थिए । झापा क्षेत्र नं ३ ख ले राजगढ बजारमा विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न गरेको छ । हजारौं कांग्रेस कार्यकर्ताको सहभागितामा विभिन्न नारासहित बजार परिक्रमापछि आयोजित विरोधसभामा दयानन्द गोश्वामी, भगिरथ पोद्धार, उर्मिला गौतम, भुपाल बस्नेतलगायतले बोल्नुभएको थियो । प्रदेश क्षेत्रीय सभापति नवीन विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन ओमप्रकाश गौतमले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं ४ क ले शिवगञ्ज बजारमा विरोध रयाली तथा कोणसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस झापाका पूर्व सचिव भक्ति सिटौलाको प्रमुख आतिथ्य र प्रदेश क्षेत्रीय सभापति कमल भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा किरण भटराई, सिताराम भटराई, कार्तिकलाल राजवंशी, पर्शुराम ढुङ्गाना, जयकुमारी चेम्जोङ, पदमबहादुर थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नरेन्द्र बस्नेतले गर्नुभएको थियो । झापा क्षेत्र नं ४ ख ले सुरुङ्गा बजारमा विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ । कांग्रेस कार्यकर्ताहरुको उल्लेख्य उपस्थितिमा विभिन्न नाराजुलुससहित बजार परिक्रमापश्चात आयोजित विरोध सभालाई देउकुमार थेवे, गोपाल उप्रेती, सुन्दरा लुहागुन लगायतले सम्बोधन गर्नुभएको थियो । प्रदेश क्षेत्रीय सभापति भीम राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिव कडेलले गर्नुभएको थियो ।
झापा क्षेत्र नं ५ क ले गौरीगञ्ज बजारमा विरोधसभा सम्पन्न गरेको छ । प्रदेश क्षेत्रीय सभापति रोहित शाहको सभापतित्वमा सम्पन्न सभामा अनिलकृष्ण प्रसाई, देवी राजवंशी, रामकुमारी पौडेल, घनश्याम रिजाल, दिपिन्द्र थापा, मखना महतो, यादवराज सेढाई लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सूर्यभक्त सिटौलाले गर्नुभएको थियो ।
झापा क्षेत्र नं ५ ख ले भने सांकेतिक विरोधस्वरुप बयलगाडासहितको विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ । प्रधानमन्त्रीको संसद विगठनको निर्णय र भ्रष्टाचारमा संलग्नको संरक्षणले प्रधानमन्त्रीको समृद्धिको सपना बयलगाडा यात्राजस्तै भएको सांकेतिक अर्थसहित वयलगाडा र्याली सम्पन्न गरिएको क्षेत्रीय सभापति ढुण्डि भण्डारीले जानकारी दिनुभयो । के.पी. ओलीले प्रधानमन्त्री हुनु अगावै ‘संविधानसभाबाट संविधान बनाउने कार्य बयलगाडामा अमेरिका जानुजस्तै हो’ भनी दिएको अभिब्यक्तिको ब्यङ्गस्वरुप बयलगाडा र्याली निकालिएको पनि बताइएको छ । कांग्रेस कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको रयालीमा बयलगाडा आसपासमा सेल्फी खिच्ने समेत पर्याप्त देखिएका थिए । कालो पट्टी र विभिन्न नारासहित बजार परिक्रमा गर्ने क्रममा विभिन्न ठाउँमा कोणसभा र संसद विगठनले निम्त्याएको संकट तथा प्रधानमन्त्रीको असंवैधानिक कदमबारे बक्ताहरुले धारणा राखेका थिए । प्रदेश क्षेत्रीय सभापति पदम लिम्बूको सभापतित्वमा सम्पन्न कोणसभामा दिलबहादुर बुढाथोकी, सुरेश सुब्बा, राजेन्द्र भण्डारी, ढुण्डिराज भण्डारी, पूर्णानन्द शर्मा, शेरबहादुर भटराई, रेगिना प्रसाई, राजनबहादुर ढुङ्गाना, रवि के।सी, रोशन विष्ट, मन्दरा पौडेल, खगेन्द्र पाण्डव अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन धर्मानन्द भटराई र चुरेन्द्र खड्काले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार देशैभर कांग्रेसको विरोधसभा, ओलीको गृहनगरमा बयलगाडामा र्याली

Most Popular

Recent Comments