Home समाचार लागू औषध कारोबारमा संलग्न ६ जना प्रहरी नियन्त्रणमा

लागू औषध कारोबारमा संलग्न ६ जना प्रहरी नियन्त्रणमा

भद्रपुर २४ पुस । झापाको धाइजन र शिवसताक्षी नगरपालिकाबाट प्रतिबन्धित लागू औषध कारोवारमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मेचीनगर–१४ बाट भद्रपुर– ११ का हरि राजवंशी, मेचीनगर–१४ का धनवर राजवंशी र गौरादह–९ का निराजन पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोटर साइकलमा सवार उनीहरुमध्ये हरी राजवंशीको साथबाट ३ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला गरेको बताइएको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिका–१० मा लागू औषध सेवन र कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–१ का अमर बराल, झापा कचनकवल–६ का मदन मैनाली र शिवसताक्षी–१० का गोपी शर्मालाई ९ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार लागू औषध कारोबारमा संलग्न ६ जना प्रहरी नियन्त्रणमा

Most Popular

Recent Comments