Home समाचार निरन्तर सहकारीको अध्यक्षमा भिष्म

निरन्तर सहकारीको अध्यक्षमा भिष्म

विर्तामोड २१ पुस । निरन्तर बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा भिष्म दाहाल चयन हुनुभएको छ ।
सहमतीय प्रक्रियाबाट सोमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कुमारप्रसाद सिटौला, सचिव हरिप्रसाद आचार्य, सहसचिवमा अनिता चुडाल र कोषाध्यक्ष्मा जनार्दन दाहाल चयन भएका छन् ।
नौ सदस्यीय नयाँ कार्यसमितिको सदस्यहरुमा तुलसीराम पोख्रेल, यशोदा सिटौला, खेमराज बराल र विशाल गौतम चयन भएका छन् ।
जिल्ला सहकारीसंघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका उपाध्यक्ष कुमार सिटौलाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
२०७० सालमा स्थापना भएको निरन्तर बचत तथा ऋण सहकारी संस्थाको गत असार मसान्तसम्मको शेयर पूँजी ४१ लाख ५४ हजार एकसय रहेको छ भने चालु आर्थिक वर्षमा ७० लाख पुर्याउने लक्ष्य राखिएको कार्यवाहक अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।
कार्यक्रममा लेखा प्रतिवेदन लेखा संयोजक ध्रुव गौतमले प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन हरिप्रसाद आचार्य र स्वागत खेमराज बरालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार निरन्तर सहकारीको अध्यक्षमा भिष्म

Most Popular

Recent Comments