Home समाचार वीरता जेसीजको सन् २०२१ को अध्यक्षमा स्वस्तिका

वीरता जेसीजको सन् २०२१ को अध्यक्षमा स्वस्तिका

विर्तामोड । वर्ष २०१२ का लागि वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिका आचार्य सिटौला निर्विरोध निर्वाचित हुनुभएको छ । सन् २००४ मा स्थापित बीरता लेडी जेसीजको १७ औं साधारणसभा तथा अधिवेशनबाट सन् २०२१ एकवर्षे कार्यकालका लागि अध्यक्षमा निर्बिरोध चयन हुनुभएको हो । पत्रकारितामा क्रियाशील आचार्य नारी सञ्चार गृहका पूर्व सहसचिव तथा नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा प्राध्यापन पेशामा समेत संलग्न हुनुहुन्छ ।
यसअघिका अधिवेशनमा उम्मेदवारी प्रस्तुत गरेपनि सहमतिका लागि फिर्ता लिँदै आउनु भएकी आचार्य अध्यक्ष पदका उम्मेदवारहरु संगीता चिमरिया र कामना उप्रेतीले सहमति र सहकार्यका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध हुनुभएको हो ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा संगीता गिरी र युनिता दवाडी निर्विरोध चयन भएका छन् । सहसचिवमा सुमित्रा भट्टराई, उपाध्यक्षहरुमा दीपा शिवाकोटी, मेनुका ओली, रोजिना पाण्डे र अर्चना रावत चयन भएका छन् ।
जनसम्पर्क अधिकारीमा टीका तिवारी, तालिम संयोजक सेलिसा उप्रेती र शाखा सम्पादकमा पवित्रा गौतम निर्विरोध चयन भएको निर्वाचन अधिकृत सरु भूर्तेल खनालले जानकारी दिइन् । २०२१ की अध्यक्ष आचार्यले बुधवारे नै कार्यसमितिको कानूनी सल्लाहकारमा संगीता चिमरिया, महासचिवमा हिमा पौडेल र कोषाध्यक्ष माझmमा चुडाल मनोनित भएका छन्।
त्यसअघि सन् २०२० की अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि समाजसेवी राजकुमार पोखरेलले गरेका थिए । उनले समाजमा सकारात्मक परिवर्तनका लागि जेसीज अभियानको ठूलो भूमिका हुने बताए ।
कार्यक्रममा संस्थाकाअध्यक्ष सल्लाहकार पत्रकार उमाकान्तखनाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराजगिरी, वीरता जेसीजका पूर्वअध्यक्ष तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष विशाल थापा, शाखाकी पूर्वअध्यक्ष रजनी बजगाई लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार वीरता जेसीजको सन् २०२१ को अध्यक्षमा स्वस्तिका

Most Popular

Recent Comments