Home समाचार समाचार कांग्रेसजनको उद्घोष–‘प्रतिगामी कदम सडकबाटै सच्याउछौं’

कांग्रेसजनको उद्घोष–‘प्रतिगामी कदम सडकबाटै सच्याउछौं’

विर्तामोड १३ पुस । प्रधानमन्त्रीके.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा भएको प्रतिनिधिसभा विगठनका विरुद्ध नेपालीकांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा सोमबार (आज) विरोध प्रदर्शन तथाविरोधसभा सम्पन्न गरेको छ ।
देशब्यापीकार्यक्रमअन्तर्गत आजझापाकापनि पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रस्तरीय विरोध प्रदर्शन र विरोधसभा सम्पन्नभएको छ । विरोधप्रदर्शन तथाविरोधसभाकाअधिकांशबक्ताहरुले नेपालको राजनीतिकइतिहासमा २०१७ साल पुस १ र २०७७ साल पुस ५ गतेलाई ‘कालो दिन’ को संज्ञा दिएका छन् ।
नेपालीकांग्रेस नेतृत्वको जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्तगर्दै २०१७ साल पुस १ गते प्रजातन्त्रमाथि ‘कू’ गरेका थिए । सो दिनलाई नेपालीजनताले अझै कालोदिनको रुपमामनाउँदै आएका छन् ।
नेकपाको आन्तरिक विवादब्यवस्थापन गर्न नसक्दा नेकपाअध्यक्षतथाप्रधानमन्त्री के.पी. शर्मा ओलीले संविधानको अपब्याख्यागर्दै गत पुस ५ गते प्रतिनिधिसभाभङ्ग गर्ने निर्णय मन्त्रीपरिषदबाट गरेका थिए । मन्त्रीपरिषदको उक्त निर्णयलाई राजनीतिकदलकाप्रमुखतथा संविधानविद, कानूनविदसँग छलफल नै नगरी तत्कालै राष्ट्रपतिले हस्ताक्षर गरेपछि उक्त असंवैधानिककदमका विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । प्रधानमन्त्रीको उक्तअसंवैधानिक र अलोकतान्त्रिककदमफिर्ता लिएर संविधानको रक्षा गर्न मागगर्दै नेपालीकांग्रेसले देशब्यापीप्रदर्शन गरेको हो ।
नेपालीकांग्रेस क्षेत्र नं २ को आयोजनामाझापाको अर्जुनधारा नगरपालिकास्थितशनिश्चरे बजार, क्षेत्र नं–१ अन्तरगत मेचीनगरको धुलाबारी, क्षेत्र नं–३ मा कचनकवलको बनियानी, क्षेत्र नं–४ मा शिवसताक्षीस्थितदुधे बजार र क्षेत्र नं–५ को दमकमा बृहदविरोध प्रदर्शन तथाविरोधसभा सम्पन्नभएको छ ।
झापाक्षेत्र नं–५ मा आयोजितविरोधसभालाई सम्बोधनगर्दै नेपालीकांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधानको संरक्षण अहिलेको प्रमुखदायित्व रहेको बताउँदै संविधानको रक्षापछि लोकतान्त्रिकविधि र पद्धतिबाटै ओलीलाई पाखालगाउने धारणा राख्नुभयो ।
‘के.पी. शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन अघि बाडेका कुनचाहिं सपना पूरा गरे ?’–नेता रिजालले प्रश्न गर्नुुभयो–‘समृद्ध नेपाल र सुखि नेपालीको नारा के भयो ?झापा क्षेत्र नं–५ बाट जितेर गएपछि उहाँ फर्कनुभएको छ ?मावा र रतुवाखोलामापूलबन्यो ?उहाँले रेल, ग्यासको पाइपलाइनको सपना बाँड्नुभयो तर यहाँकाजनताको दुःख देख्नुभएको छ ?’ झुटा आश्वासनमा पछि नलाग्नउहाँले जनतालाई सुझाव समेत दिनुभयो ।
नेकपाविवादकै कारण नेपालदुई शक्ति राष्ट्रको चलखेल गर्ने भूमि बनेको बताउँदै उहाँले यसले नेपालको सार्वभौमसत्ता संकटमा परेको धारणा राख्नुभयो ।


५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा सम्पन्नकार्यक्रममाआमन्त्रित केन्द्रीय सदस्यदिलिप राईले पनिमन्तब्य राख्नुभएको थियो । दमक नगर सभापति रोशन विष्टले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन चुरेन्द्र खड्का, धर्मानन्द भटराई, सूर्यभक्त सिटौलाले संयुक्त रुपमा गर्नुभएको थियो ।
यताझापाक्षेत्र नं–२ को विरोधसभालाई प्रमुखअतिथिको रुपमा सम्बोधनगर्दै नेपालीकांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेकपाभित्रको आन्तरिक विवादब्यवस्थापन गर्न नसक्दाप्रधानमन्त्री के.पी. शर्मा ओलीले देश, जनता र लोकतान्त्रिक पद्धतिमाथि नै प्रहार गरेको बताउँदै उक्त असंवैधानिककदम अस्वीकार्य रहेको बताउनुभयो ।
‘संविधानको तोडमोड गरेर धेरैबर्ष शासन गर्ने ज्ञानेन्द्रको शपना धेरै समय टिकेन’–नेताशिवाकोटीले भन्नुभयो–‘के.पी. ओलीले पनि यस्तै शपना देखेका हुन सक्छन्, यो केवलशपनामात्रै हुनेछ ।’ कम्युनिष्ट तानाशाहलाद्ने अभ्यास नगर्न प्रधानमन्त्रीलाई चुनौतिदिदै नेताशिवाकोटीले भन्नुभयो–‘अहिलेको सडक संघर्ष असंवैधानिककदमका विरुद्ध हो, निर्वाचनकालागिपनिकांग्रेस तयार छ । कांग्रेस नेतृत्वकै सरकारले संविधाननिर्माण गरेको हो, यसको संरक्षणको दायित्वपनिकांग्रेसकै काँधमा छ।’
कार्यक्रमकाविशेष अतिथि नेपालीकांग्रेस झापाका सभापतिउद्ववथापाले सरकारको असंवैधानिककदम र कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका विरुद्ध कांग्रेस सडकमा आएको बताउँदै भ्रष्टाचारको सबै हिसावकिताव सडकबाटै माग्ने उद्घोष गर्नुभयो ।
‘संविधानमाथिको कू, जनविश्वासमाथिको अपमान, भ्रष्टाचारका काण्डैकाण्डको छानवीन, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, कोरोना महामारी नियन्त्रणमा भएको ८ अर्ब भ्रष्टाचारको हिसावकितावमाग्नकांग्रेस सडकमा आएको हो’–सभापतिथापाले प्रश्न गर्नुुभयो–‘बालुवाटार जग्गाप्रकरणका दोषीलाई कारबाही गर्नुपर्दैन ? भ्रष्टाचारका काण्डैकाण्डको छानवीन गर्नुपर्दैन ?भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्दैन ?’ निर्वाचनको नाटक गरेर कम्युनिष्ट अधिनायकबाद र सर्वसत्ताबादलाद्ने षडयन्त्रमा ओलीलागेको सभापतिथापाको आरोप थियो ।
२ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्नकार्यक्रममामहासमिति सदस्यसितापौडेल र नगर सभापति हेमराज खरेलले सम्बोधन गर्नुभएको थियो भने स्वागत धर्म लक्सम्बा र सञ्चालन किरण श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–१ को धुलाबारीमाआयोजितविरोधसभालाई प्रमुखबक्ताको रुपमा सम्बोधनगर्दै नेपालीकांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले वर्तमान सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाउँदै असंवैधानिककाम गरेर जनमतको घोर अपमान गरेको आरोप लगाउनुभयो ।


क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्नकार्यक्रममा नेपालीकांग्रेस झापाकाउपसभापति राम कट्टेल, नगर सभापतिइन्द्र बुढाथोकीलगायतले मन्तब्य राख्नुभएको थियो । हर्क फियाकले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन खड्ग धिमालले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं–३ कचनकबलको बनियानीमाविरोधसभातथाप्रदर्शन सम्पन्नभएको छ । केन्द्रीय सदस्यभारतेन्दुकुमार मल्लिकले प्रमुखअतिथिको रुपमा सम्बोधन गर्नुभएको विरोधसभामामहासमिति सदस्यद्वयभगिरथ पोद्धार र भुमीप्रसाद राजवंशी, नेपालमहिला संघ झापा सभापति सुशिला ढकाल आचार्य, प्रदेश सभापति चिन्तामणि खरेल लगायतले बोल्नुभएको थियो ।
३ नं क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा सम्पन्नकार्यक्रममा स्वागतकालेन्द्रप्रसाद राजवंशीले गर्नुभएको थियो भने सञ्चालन क्षेत्रीय सचिवगिताप्रसाद भटराईले गर्नुभएको थियो ।
यताझापादुधेबजारमा ४ नं क्षेत्रस्तरीय प्रदर्शन र विरोधसभा सम्पन्नभएको छ । कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीप्रमुखअतिथितथाप्रमुखबक्ता रहनुभएको कार्यक्रम क्षेत्रीय सभापतिजयनारायण शाहको सभापतित्वमा सम्पन्नभएको थियो ।


नेपालीकांग्रेस झापाका संगठन विभागप्रमुख देउमान थेवे, पूर्व सचिवभक्ति सिटौला, महिला संघ क्षेत्रीय सभापतिकविता बस्नेत लगायतले मन्तब्य राखेको कार्यक्रममा स्वागतशिवसताक्षीनगर सभापतिपर्शुराम ढुङ्गाना र सञ्चालन क्षेत्रीय सचिवशिव कडेलले गर्नुभएको थियो ।
अधिकांस क्षेत्रमाआयोजितविरोधसभाकाबक्ताहरुले प्रधानमन्त्रीलाई प्रतिगामीकदम सच्याउनमागगर्दै प्रतिनिधिसभा विगठनको असंवैधानिककदमले मुलुकलाई ७५ बर्ष अगाडिको अवस्थामा लैजानखोजेको आरोप लगाएकाथिए ।
नेपालको राजनीतिकइतिहासमाकांग्रेसकै नेतृत्वमा सडक संघर्षबाटै ठूल– ठूला परिवर्तन भएको बताउँदै बक्ताहरुले ओलीको असंवैधानिककदमपनि सडकबाटै सच्याउने तागत नेपालीजनता र कांग्रेसमा रहेको उद्घोष गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार कांग्रेसजनको उद्घोष–‘प्रतिगामी कदम सडकबाटै सच्याउछौं’

Most Popular

Recent Comments