Home मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

झापा १२ पुस । प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाकै समुहले मुख्यमन्त्री राईविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव गरिएको प्रदेशसभा सदस्य उमिता बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेका छ ।
मुख्यमन्त्री विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई प्रसताव गरिएको पनि सांसद वराइलीले जानकारी दिइन् । ‘प्रसतावमा मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्तवा गरिएको छ,’उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ जनाको हस्ताक्षर

Most Popular

Recent Comments