Home समाचार 'किमोलि' संयोजन समितिको नेतृत्व चयन

‘किमोलि’ संयोजन समितिको नेतृत्व चयन

विर्तामोड १० पुस । किराँत मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराँती चयन भएका छन् ।
किराँत मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किराँतीको संयोजकत्वमा २२ सदस्यीय किराँत मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो ।
नवगठित समितिको सदस्यमा पदम चोङ्वाङ्ग, चन्द्र पन्धाक, सुवास योङ्हाङ्ग, देवु राई, हेमन्त खिम्दिन, थामशेर लिम्बू, राम थेगिम, धन थाम्सुहाङ्ग, सृजङ्गा, ध्रुर्व तुम्वापो, दिनेश जवेगु, चन्द्र साँवा, प्रवेश मिभक, वी.वी. लिम्बू , अनम लिम्बू, चुनाव योङ्हाङ्ग, मेघ लिम्बु, शिव इङ्नाम, केशव आङ्वोहाङ्ग, सिमेलुङ र ओम राजधामी चयन भएका छन् । समितिको सल्लाहकारहरुमा कुसुम लिङदेन र अशोक नेम्वाङ्ग चयन भएका छन् ।
किराँत मोर्चाका केन्द्रिय सदस्य सचिव मिसेकहाङ थाम्सुहाङ्गले नेपाल किराँत देश पुनर्निमाण गर्ने उद्देश्यले देशभर संगठन विस्तार गर्ने क्रममा किराँत मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको बताए ।
नेपालको प्राचिन ,सनातन सभ्यता किरात सभ्यता, किराँतीजम (मुन्धुम) भएको र त्यसको जगमा मात्र देशको राष्ट्रियता ,सम्प्रभुता, विकास सवल बन्न सक्ने र अन्ततगोत्वा यो देश किराँतीजम र हिन्दुजमकै सहकार्य र सह अस्तित्वमा मात्र स्थीर हुन्छ भन्ने किराँत मोर्चाको ठहर रहेको उनले बताए । नेपाल किराँत सभ्यताको जगमा किराँत देश पुनर्निमाण गर्नुपर्ने र किराँत देश अन्तर्गत सवैलाई समेट्ने उनले बताए ।
कार्यक्रममा किराँत मोर्चा लिम्बुवान संयोजन समितिका संयोजक एम.डी. किराँती, जिल्ला संयोजक साम्योहाङ लिम्वूलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार 'किमोलि' संयोजन समितिको नेतृत्व चयन

Most Popular

Recent Comments