Home समाचार समाचार राजवंशी हत्याबारे छानवीन गर्न बुहारीको माग

राजवंशी हत्याबारे छानवीन गर्न बुहारीको माग

झापा पुस । झापाको चैतुबारीमा रहस्यमय तरिकाले हत्या भएकी दिनो राजवंशीको हत्या र अनुसन्धान प्रक्रियाबारे मेचीमहाकाली संयुक्त बुहारी आवाजले चासो ब्यक्त गरेको छ । आवाजका झापा संयोजक शिखा खड्का गणेशको नेतृत्वमा घटनास्थल तथा मृतक परिवारको घरमा पुगेको टोलीले हत्या र अनुसन्धानबारे चासो राखेको हो । कुखुरा फार्ममा रहेका श्रीमानलाई खाना पु¥याउन जाने क्रममा ४२ बर्षीया दिनो राजवंशीको शव फेला परेको थियो । खाना पु¥याउन हिडेकी दिनो राजवंशी साँझ घर नफर्किएपछि खोजी गर्ने क्रममा विर्तामोड नगरपालिका वडा नं–२ चैतुबारीमा उनको शव फेला परेको थियो ।


मृतक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो अवस्थामा शव भेटिएको झापाका एस.पी. कृष्ण कोइरालाले जानकारी दिनुभएको थियो। घटनाको अनुसन्धानका लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट कुकुर ल्याइएको थियो । घटनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानको दायरा साँगुरिदै गएको एस.पी. कोइरालाले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार वीरबल राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत लिजमा लिएर तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । उनी साँझ ७ बजे श्रीमानलाई खान पु¥याउन घरबाट हिँडेकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको शव घरदेखि तीनसय मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको थियो ।
यता मेची महाकाली संयुक्त बुहारी आवाजले भने उक्त रहस्यमय घटनाको छानवीन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार राजवंशी हत्याबारे छानवीन गर्न बुहारीको माग

Most Popular

Recent Comments