Home समाचार संसद विघटनप्रति झापाका कानून व्यवसायीको आपत्ति

संसद विघटनप्रति झापाका कानून व्यवसायीको आपत्ति

रेवतीराज घिमिरे ।

भद्रपुर ७ पुस । नेपाल बार एशोसिएसन झापामा आवद्ध कानुन व्यावसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान विपरित गएर गरिएको (प्रतिनिधिसभा) संसद विघटन प्रति कडा आपत्ती जनाएका छन ।
नेपाल बार एशोसिएसनको ६५ औं स्थापना दिवसको अवसरमा आफ्नै सभाहल मंगलवार आयोजित कार्यक्रममका सहभागी कानुन व्यावसायीहरुले प्रधानमन्त्रीको गैर संवैधानिक कदमप्रति आपत्ति जनाउदै असंवैधानिक कदम तत्काल सच्याउन माग समेत गरेको छन् ।
कानुन व्यावसायीहरुले बर्तमान् परिप्रेक्ष्यमा नेपाली जनताका मौलिक हक अधिकारहरुलाई कुण्ठित गर्दै सरकारवाट गरिएको यस्तो कदमको घोर आपत्ती समेत जनाएका हुन् ।
संविधानको संरक्षण गर्ने जिम्मा कानुन व्यावसायीहरुलाइ मात्र रहेको बताउदै मानव अधिकार र विधिको शासन स्थापना गर्न कानुन व्यावसायीहरु सचेत भएर लाग्नु पर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै वार एशोसिएसनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेलले प्रधानमन्त्रीको संसद विघटनको निर्णय दुखद भएको बताउँदै संविधानको संरक्षण गर्ने कुरामा एशोसिएसनको नेतृत्वले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
झापा बारका अर्का पूर्व अध्यक्ष तथा बरिष्ठ अधिबत्ता गजेन्द्र आचार्यले प्रधामन्त्रीको गैर संवैधानिक निर्णयप्रति आपत्ति जनाउदै सर्वौच्च अदालतको निर्णयको प्रतिक्षाप्रति आफु विश्वस्त रहेको बताउनु भयो ।
कानुनको पालना गर्न र गराउन कुनै पनि कानून व्यावसायीले आर्थिक प्रलोभनमा पर्न नहुनेमा उहाँको जोड थियो ।
बरिष्ठ अधिवत्ता दामोदर सापकोटाले बाह्य शक्तिका कारण देशमा अस्थिरता बढेको बताउँदै न्यायालयमा राजनीति हावी बढ्दै गएकोले निष्पक्ष मर्यादित कानुन पालना गर्न र गराउन बारका कानुन व्यावसायीहरुको भुमिका आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा कानुन व्यावसायी हेमकला कट्टेल ,झापा वार उपाध्यक्ष नारायण पौडेल, खगेन्द्र खरेल, अमृत बहादुर बुढाथोकी लगायतले बोल्दै सरकारका असंवैधानकि गतिविधिका विरुद्धमा सम्पुर्ण कानुन व्यावसायीहरु एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । लेखनाथ निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव भीम बरालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार संसद विघटनप्रति झापाका कानून व्यवसायीको आपत्ति

Most Popular

Recent Comments