झापा ७ पौष । आगो ताप्ने क्रममा झापाको बिर्तामोड नगरपालिका–२ की एक महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड–२ की २५ बर्षीया बनिता शर्मा रहेको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडी आगो तापेर बसिरहेकी शर्मा सोमवार बेलुका साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा फेला परेको बताइएको छ।