Home समाचार चैतुवारीमा महिलाको शव फेला, अनुसन्धानका लागि कुकुर

चैतुवारीमा महिलाको शव फेला, अनुसन्धानका लागि कुकुर

झापा ५ पुस । कुखुरा फार्ममा रहेका श्रीमानलाई शनिवार बेलुका खाना पुर्याउन हिंडेकी दिनो राजवंशी मृत अवस्थामा फेला परेकी छन् ।
बिर्तामोड नगरपालिका–२ चैतुबारीको खेतमा ४२ वर्षीया दिनोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले जनाएका छन् ।
मृतक महिलाको नाक र मुखबाट रगत बगेको र उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खाना पुर्याउन गएकी दिनो बेलुका घर नफर्किएपछि उनको खोजी कार्य शुरु भएको थियो । दिनोको शब आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको एसपी कोइरालाले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट कुकुर ल्याइएको बताइएको छ ।
प्रहरीका अनुसार वीरबहादुर राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत लिजमा तीन वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । फार्ममा शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पु¥याउन भनी घरबाट हिँडेकी दिनो राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको शव घरदेखि ३०० मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चैतुवारीमा महिलाको शव फेला, अनुसन्धानका लागि कुकुर

Most Popular

Recent Comments