Home समाचार दृष्टिविहिनको शिशु फिर्ता, आर्थिक लेनदेन नभएको पुष्टि

दृष्टिविहिनको शिशु फिर्ता, आर्थिक लेनदेन नभएको पुष्टि

दमक २ पुस । अविवाहित दृष्टिविहीन युवतीबाट जन्मिएको शिशु लगेका झापा दमकका एक दम्पत्तीले युवतीका आफन्तलाई फिर्ता गरेका छन् ।
मेचीनगर नगरपालिकाको घर (माइती) नजिकै डेरा भाडामा बस्दै आएकी दृष्टिविहिन युवतीबाट जन्मिएको बच्चा लगेका दमक–२ का लोकबहादुर कार्की र गीता खड्का कार्कीले इलाका प्रहरी कार्यालय दमकमा बुधबार र विहीबार भएको छलफलपछि आफन्त नेपाल, इलाका प्रहरी कार्यालय दमक र नवजात शिशुका हजुरआमा र मामाले जिम्मा बुझेको आफन्त नेपाल झापाका संयोजक मातृका गुरुङले जानकारी दिए ।
अस्पतालको खर्च व्यहोरेर बच्चा लगेका कार्की दम्पत्तीले कुनै नकारात्मक सोंचले नलगेको पाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजय पण्डितले बताए ।
कुनै आर्थिक लेनदेन गरेको र आपराधिक मनसायले लगेको देखिएन, सहमतिमै अस्पतालमा लागेको खर्च व्यहोरेर लगेको पाइएको डिएसपी पण्डितले बताए ।
आफूलाई सहयोग गर्ने कोही नभएको बताउँदै अस्पतालको खर्च ब्यहोरिदिनेलाई बच्चा दिने शिशुकी आमाले बताएपछि हल्लै हल्लामा दमकस्थित आम्दा पुगेका कार्की दम्पत्तीले अस्पतालमा लागेको खर्च तिरेर बच्चा लगेको प्रष्ट्याएका छन् ।
सुत्केरी व्यथा लागिसकेपछि पनि परिवारलाई परीक्षण गराउनमात्र अस्पताल गएको भनेर आफन्तलाई समेत ढाँटेको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्य जाँच गर्न गएको बताएकी युवती सुत्केरी भएर बच्चा नलिइ कोठामा फर्किएपछि स्थानीयले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा स्याहार गर्ने मान्छे नभएको भन्दै शिशुकी आमाले नै पैसा लिएर बच्चा दिएको भन्ने कुरा सुनाएपछि अधिकारकर्मी र प्रहरीको सहयोगमा मंगलबारदेखि बच्चाको खोजी कार्य शुरु भएको थियो । मंसीर २७ गते आम्दा अस्पतालमा सुत्केरी भएकी शिशुकी भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दृष्टिविहिनको शिशु फिर्ता, आर्थिक लेनदेन नभएको पुष्टि

Most Popular

Recent Comments