Home समाचार ७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ

७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ

झापा २५ मसीर । झापाको मेचीनगर नगरपालिका वडा नं. १३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ ।
झापा अर्जुनधारा नगरपालिका वडा नं.–११ की ७० वर्षीया माइना हस्दाको बलात्कार पछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।
बलात्कार र हत्या आरोपमा भद्रपुर नगरपालिका वडा नं. ४ का ३५ वर्षीय विशाल बिर्जालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
अभियुक्त बिर्जा स्वयंले आज (विहीबार) विहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको लाश फेला परेको सूचना दिएका थिए ।
सूचकमाथि नै शंका लागेपछि केरकार गर्दा निज बिर्जा आफैले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
बुधवार राति ९ बजेतिर चारआली चोकबाट फकाइ–फुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरी घाँटी थिची हत्या गरेको अभियुक्त बिर्जाले बयान दिएको थापाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ

Most Popular

Recent Comments