Home समाचार सहाराको कार्यक्षेत्र अब ११ जिल्ला, ८० स्थानीय तह

सहाराको कार्यक्षेत्र अब ११ जिल्ला, ८० स्थानीय तह

झापा २३ मंसीर । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले ५ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । यसअघिका ६ जिल्लासहित ५ जिल्ला थप भएपछि सहाराले चालु आर्थिक वर्षदेखि प्रदेश १ का ११ जिल्लाका ८० वटा स्थानीय तहमा आफ्नो सेवा पुर्याएको सहारा नेपाल (साकोस) का सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
नयाँ थप भएका जिल्लामध्ये ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ र ओखलढुङ्गा रहेका छन् । सहाराले यसअघि झापा, इलाम, पाँचथर, मोरङ्ग, सुनसरी र उदयपुर जिल्लामा बचत तथा ऋण सहकारी सेवाका साथै लघुवित्त कारोबार गर्दै आएको थियो ।
३३ जना शेयर सदस्यको ३४ हजार शेयर पूँजी र ३ वटा गाविसलाई कार्यक्षेत्र बनाउँदै २०५२ साल चैतमा स्थापित सहारा नेपालका गत असार मसान्तसम्ममा १ लाख ४३ हजार ९८३ जना शेयर सदस्य आवद्ध भएका छन् भने शेयर पूँजी १ अर्व ३४ करोड ९१ लाख रहेको गिरीले निर्देशक गिरीले जानकारी दिनुभयो ।
आव २०७६÷०७७ मा २५ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको सहाराको जगेडा तथा अन्य कोषसहित १ अर्ब २१ करोड ५८ लाख बचत ६ अर्व १० करोड ९४ लाख, ३४ करोड ५१ लाख र बाह्रय ऋण ९८ हरोड ९९ लाख रहेको २४ औं बार्षिक साधारण सभाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संस्थाले चालु आवमा वित्तिय तथा गैह्र वित्तिय गरी १६ वटा शीर्षकमा ६८ वटा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सदस्य लक्षित वित्तिय कारोबार, स्वास्थ्य सचेतना र प्रविधि साक्षरता शिक्षालाई प्राथमिकतामा राखेको सहाराले परिआएमा २५ बेडको आफ्नै आइसोलेसन सेन्टर राख्नेसहित स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विभिन्न ८ वटा योजना अघि सारेको छ ।
झापादेखि उदयपुरसम्मका किसानलाई कुखुरा, बाख्रा पालनमा सहयोग प्रदान गरेको सहाराले कृषि क्षेत्रतर्फ एग्री विजिनेस युनिट, कृषि स्रोत केन्द्र र कृषि पशुसम्बन्धि अध्ययनका लागि प्राविधिक शिक्षालय स्थापनाको कार्यक्रम समेत अघि बढाउने विज्ञप्तिमा उल्लेख छ ।
रजत महोत्सव पारेर २०७६ बाट सहकारीका धरोहरका रुपमा सहकारी अगुवा केशव बडाललाई १ लाख १ हजार राशिसहितको सम्मान पत्र र पुरस्कार प्रदान गर्ने निर्णय गरेको सहाराले सहारा सहकारी पत्रकारिता पुरस्कारले नेपाल टेलिभिजनका झापा समाचारदाता इन्द्रजित मुखियालाई पुरस्कृत गर्ने भएको छ ।
कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा स्वागत महिला उपाध्यक्ष पवित्रा सुब्बा, धन्यवाद ज्ञापन सहसचिव ज्ञानुराम मैनालीले गर्नुभएको थियो भने समापन उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गर्नुभएको थियो ।
सहाराका अध्यक्ष ताराप्रसाद सञ्जेलसहित सल्लाहकार कुन्दन भट्टराई, कर्मचारी यादव बस्नेतको यसैवर्ष केही महिना अघि निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सहाराको कार्यक्षेत्र अब ११ जिल्ला, ८० स्थानीय तह

Most Popular

Recent Comments