Home समाचार राजसंस्थाको अभावमा देशमा अस्थिरता र बैदेशिक हस्तक्षेप

राजसंस्थाको अभावमा देशमा अस्थिरता र बैदेशिक हस्तक्षेप

झापा २० मंसीर । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले राजसंस्थाको अभावमा देशमा अस्थिरता र बैदेशिक हस्तक्षेप बढेको बताउनु भएको छ ।
गणतन्त्र ,संघीयता र धर्मनिरपेक्षता असफल भइसकेको उल्लेख गर्दै संघीय सांसद समेत रहनु भएका नेता लिङदेनले त्यसले विकास र प्रगतिको अवरुद्ध हुने मात्र होइन देशै नरहने परिस्थिति बढेर गएको बताउँदै भन्नुभयो–‘एउटा पार्टीको झगडामा विदेशी दुतहरु आएर अरन खटन गरेर मिलाउने शिलशिला प्रारम्भ भएको छ, त्यसले भोली सत्ता र पदको रक्षाका लागि पार्टीका नेताले देश नै धरौटी राख्ने खतरा बढ्यो । त्यसैले देशमा अस्थिरताको अन्त्यका लागि पनि राजतन्त्र जरुरी छ ।


गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता एउटा अवस्था र व्यवस्था मात्रै भएको बताउँदै संघीय सांसद समेत रहनु भएका नेता लिङ्देनले साधनमात्र भएको स्पष्ट पार्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता असफल भएको प्रमाणित भइसकेको बताउनु भयो । उहाँले भन्नुभयो–‘केपी ओली मात्र असफल भएको होइन यो व्यवस्था नै असफल भएको हो ।’ गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता स्थापनापछि जनताले केही नपाएको उहाँको भनाई थियो ।
हत्याको जिम्मा लिने मान्छेलाई नेता मान्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको बताउँदै उहाँले सत्ता रुढ पार्टीका अध्यक्षहरु एकले अर्कोलाई हत्या र भ्रष्टाचारको आरोप प्रत्यारोप लगाइरहँदा छानविन आयोग बनाउनु पर्ने भएपनि सत्तामा रहनेको विथितिपूर्ण अवस्था जनताले टुलुटुल हेरेर बस्नुपर्ने अवस्था आउनु दुखद भएको उहाँको टिप्पणी थियो ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता साध्य नभइ केवल साधनमात्र भएको उल्लेख गर्दै लिङ्देनले देशको समग शासन पणालीको परिवर्तन गर्न युवा शक्ति लाग्नु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राप्रपाका अर्का नेता राम थापाले अहिलेका नेताहरु राजनीतिका दलाल भएको आरोप लगाउँदै नेपाली दाजुभाईलाई जातजाति, भाषाभाषी र धर्ममा विभाजन राष्ट्रियता कमजोर पार्दै आफ्ना नातागोतालाई मात्र काखी च्याप्ने कार्य उनीहरुको चरित्रले देखाइसकेको बताउनु भयो ।
यस अघि झापाका काँकरभिट्टाबाट शुरु भएको जिल्ला व्यापी मोटरसाइकल र्यालीमा हजारौंको सहभागिता रहेको बताइएको छ ।
राप्रपाका अध्यक्ष अमर विष्टले नेतृत्व गरेको र्यालीमा सहजीकरण सचिव केशव ओझाले गर्नुभएको थियो भने राजकुमार राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार राजसंस्थाको अभावमा देशमा अस्थिरता र बैदेशिक हस्तक्षेप

Most Popular

Recent Comments