Home समाचार विर्तामोड र अर्जुनधाराबाट लागुऔषध सहित २ जना पक्राउ

विर्तामोड र अर्जुनधाराबाट लागुऔषध सहित २ जना पक्राउ

विर्तामोड १९ मंसीर । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट बिहिवार दिउँसो खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट ९.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका–६ का २५ बर्षीय आशिष थापालाई पक्राउ गरेको हो ।
यसैगरी अर्जुनधारा नगरपालिका–९ बाट ३९ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुद्धशान्ति गाउँपालिका–२ का २२ बर्षीय प्रिन्स खनाललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोड र अर्जुनधाराबाट लागुऔषध सहित २ जना पक्राउ

Most Popular

Recent Comments