Home समाचार प्लाई उद्योगमा आगलागी, तीनलाख बढीको क्षति

प्लाई उद्योगमा आगलागी, तीनलाख बढीको क्षति

विर्तामोड १९ मंसीर । झापाको विर्तामोडस्थित चारपानेमा आज विहान प्लाई फ्याक्ट्रीमा भएको आगलागीमा तीनलाख मूल्य बराबरको क्षति भएको छ ।
विर्तामोड नगरपालिका वडा नं.–२ चैतुबारीमा होम प्रसाद घिमिरेले सञ्चालन गरेको नमस्ते प्लाई फ्याक्ट्रीमा विद्युत सर्ट भइ आगलागी हुँदा उद्योगको सिलिङ चेम्बर र काठको फन्टि फेन नामक मेटरियलमा आगलागी हुँदा उक्त मूल्य बराबरको आर्थिक क्षति भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
विहान सभासात बजेदेखि शुरु भएको आगलागि नियन्त्रणमा लिन स्थानीयबासी, सुरक्षाकर्मी, १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी, सशस्त्र बेश क्याम्प शनिश्चरेको टोली, दमक, भद्रपुर र विर्तामोडका बारुण यन्त्रको सहयोगमा झण्डै तीन घण्टा पछि नियन्त्रणमा आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्लाई उद्योगमा आगलागी, तीनलाख बढीको क्षति

Most Popular

Recent Comments