Home समाचार मनिषालाई युएई समाजको सहयोग

मनिषालाई युएई समाजको सहयोग

बुधबारे १३ साउन । बुद्धशान्ति गाउँपालिका–४ कि मृगौला पिडित मनिषा मगरलाई झापाली समाज युएइबाट आर्थिक सहयोग गरिएको छ ।
झापाली समाज युएईका सचिव पारस लामाको संयोजकत्वमा संकलन गरिएको नगद एकलाख ४८ हजार एकसय २५ रुपैँयाँ आइतबार मनिषाको घरमा पुगेर हस्तान्तरण गरिएको हो ।
मगरका मिर्गौला फेर्नुपर्ने भनेपनि आर्थिक कमजोरीका कारण परिवारले उपचारमा समस्या झेल्दै आएको छ । हाल मनिषाको ललितपुर स्थित किस्ट कलेजमा उपचार भइरहेका छ । हप्तामा २ देखि ३ डाइलोसिस गर्नुपर्ने अवस्था रहेको जानकारी दिंदै मनिषाको मृगौला प्रत्यारोपणमा ठुलो रकम लाग्ने भएकाले सबैमा सहयोग गरिदिन उनकी आमा प्रेमकुमारी मगरले अनुरोध गरेकी छिन् ।
पारिवारिक अवस्था अत्यन्तै कमजोर भएकोले स्थानीय राजेन्द्र राईको संयोजकत्वमा यतिबेला मनिषा मगर बचाउ अभियान समेत संचालन गरि आर्थिक संकलनको कार्य अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मनिषालाई युएई समाजको सहयोग

Most Popular

हिन्दुराष्ट्रका पक्षमा राप्रपा झापाको ऐक्यबद्धता : झापामा बृहत र्याली

झापा १२ मंसीर । राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा स्वस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउदै राप्रपा झापाले पनि वृहत मोटर साईकल...

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार...

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले...

हाजिरीजवाफ प्रतियोगितामा बीरेन्द्र मावि प्रथम

भद्रपुर १० मंसीर । झापाको भद्रपुर जेसीजले जेसीज सप्ताह २०२० को ५ औं कार्यक्रम अन्र्तगत भद्रपुर नगरपालिका मावि स्तरीय अन्तर मावि...

Recent Comments