Home समाचार सवारी दुर्घटनामा परी एकैदिन ५ को ज्यान गयो

सवारी दुर्घटनामा परी एकैदिन ५ को ज्यान गयो

बिराटनगर १६ मंसीर । प्रदेशका बिभिन्न स्थानहरुमा सोमवार भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । सोमबार बिहान सबा ८ बजे मोरङको ग्रामथान गाउँपालिका– १ मा को १ त ८८१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालक बुढिगंगा गाउपालिका–१ का ४० बर्षीय गुरुचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको थियो ।
यसैगरी मोरङकै बिराटनगर महानगरपालिका–९ मा सोमवार दिउँसो साँढे ४ बजे मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । को १२ प ३६५ नम्बरको मोटरसाईकल बुद्धचोकमा अचानक दुर्घटना हुँदा मोटरसाईकलमा सवार बिराटनगर–१५ की ६० बर्षीया मनकामना झा घाइते भएकी थिईन । घाईतेलाई उपचारको लागी न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको थियो ।
यस्तै झापाको दमक नगरपालिका–४ तारावारीमा सोमवारै दिऊँसो मे १ त ६१९६ नम्बरको ट्याक्टरले स्थानीय तुलसी धिमालको ८ बर्षिय छोरा जेनिस धिमाललाई ठक्कर दिंदा घाइते भएका जेनिसको अरनिको अस्पतालमा उपचारको क्रममा साँढे १ बजे बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी ईलामको फाकफोकथुम गाउँपालिका–५ थुम्का भिरमा तरकारी बोकेको पिकअप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सोमवार बेलुका साँढे ५ पाँचथरको रवीबाट तरकारी बोकेर इलामतर्फ लागेको को २ च १५ नम्बरको पिकअप आफै अनियन्त्रित भई थुम्का भिरबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा माई नगरपालिका–९ का ४० बर्षीय दिनेश लिम्बु र ईलाम नगरपालिका–११ का ३० बर्षीय नबिन तामाङको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सवारी दुर्घटनामा परी एकैदिन ५ को ज्यान गयो

Most Popular

Recent Comments