Home समाचार प्रधान हत्या संलग्नता आरोपमा तीन पक्राउ

प्रधान हत्या संलग्नता आरोपमा तीन पक्राउ

काँकरभिट्टा १५ मंसीर । कुटपिट गरी मारेको अभियोगमा प्रहरीले मेचीनगरबाट तीन जनालाई पक्राउ गरेको छ । मेचीनगर–४ आमडाँगीका ५० वर्षीय पूर्णबहादुर प्रधानलाई कुटेर मारेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचीनगर–४ का दिवस लुङ्गेली, प्रेम भन्‍ने बेमा दोर्जी तामाङ र बिशाल तामाङ रहेका छन् । उनीहरुले प्रधानलाई कुटेर हिजो घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले आम्दा अस्पताल धुलावारीमा उपचारका क्रममा गएराति प्रधानको मृत्यु भएको बताए । उनको मृत्यु लगत्तै कुटपिटमा संलग्नहरुको खोजीमा प्रहरी टोली खटिएको थियो ।
विवादका क्रममा प्रधानले दोर्जीलाई हिर्काएको भन्दै उनका साथीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जना अभियुक्त काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रधान हत्या संलग्नता आरोपमा तीन पक्राउ

Most Popular

Recent Comments