Home समाचार जेसीज सप्ताहमा उत्कृष्ठ रक्तदातालाई सम्मान

जेसीज सप्ताहमा उत्कृष्ठ रक्तदातालाई सम्मान

भद्रपुर १३ मंसिर । झापाको भद्रपुर क्षेत्रका अहिले सम्मका उत्कृष्ठ रक्तदातालाई भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
जेसीज सप्ताह २०२० समापन समारोहको अवसरमा भद्रपुर जेसीजले सामुदायिक भवन भद्रपुरमा शनिवार आयोजित कार्यक्रमका बीच अरुको ज्यान बचाउन सफल १६ जना रक्तदातालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्टिय अध्यक्ष उत्तर चापागाई, भद्रपुर नगर प्रमुख जीवकुमार श्रेष्ठ ,अध्यक्ष डिल्लीराम पोखरेल लगायतले उहांहरुलाइ प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चापागाई, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, जिल्ला रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकाल ,रक्तदाताहरु सिता भण्डारी, राजेन्द्रकुमार मुखिया लगायतले मन्तव्य राख्नु भएको थियो ।
भद्रपुर जेसीज बर्ष २०२० का अध्यक्ष पोखरेलको अध्यक्षता तथा महासचिव निकास पाण्डेको संचालनमा सम्पन्न कार्यक्रमको औचित्यमाथि मनोज भट्टाराईले प्रकाश पार्नुभएको थियो भने स्वागत युवराज न्यौपाने र रमेश कार्कीले आस्थावाचन गराउनु भएको थियो ।
मनोज भट्टराइृले कार्यक्रममाथी प्रकाश पारेको कार्यक्रमको स्वागत मन्तव्य युवराज न्यौपाने , जेसीज आश्था वाचन जेसी रमेश कार्कीले गर्नु भएको थियो ।
मंसिर ४ गते देखि शुरु जेसीज सप्ताहमा अन्तरगत कारागारका कैदी वन्दीलाई स्वास्थ्य सामग्री वितरण ,वृक्षारोपण, विद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरु संचालन लगायतका विविध कार्यक्रमहरु गर्दै सप्ताहको शनिबार समापन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जेसीज सप्ताहमा उत्कृष्ठ रक्तदातालाई सम्मान

Most Popular

Recent Comments