Home समाचार मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

भद्रपुर ११ मंसीर । दुवै मिर्गौला खराब भएकी झापा भद्रपुर नगरपालिका वडा नं–७ की मञ्जु ठकुरीलाई आज उहाँकै निवास पुगेर उपचार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
मिर्गौलाको डाइलाइसिस गराइरहनु भएकी मञ्जुको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोगीरहेकी मञ्जुको उपचार सहयोगका लागि गैरआवासिय नेपाली संघ डेनमार्कका पुर्व अध्यक्ष दिपक सापकोटाको नेतृत्वमा संकलित १ लाख ५४ हजार, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीसहितक साथीहरूबाट संकलित ६६ हजार पाँचसय ४० सहित २ लाख २० हजार ५ सय ४० रुपैयाँ प्रदेश सांसद बसन्त बानियाँसहितको टोलीले रकम हस्तान्तरण गरेको बताइएको छ । सो अवसरमा युवा नेता असारु राजबंशी, उपाध्यक्ष गिरी लगायतको उपस्थिति रहेको थियो । रकम ग्रहण गर्दै मञ्जु तथा उहाँका श्रीमान केशव विष्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार मञ्जुको उपचारमा २ लाख २० हजारबढी सहयोग

Most Popular

Recent Comments