Home महिला कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

झापा ११ मंसीर । महोत्तरीमा बलात्कारपछि हत्या गरिएकि बालिका गुलाब खातुनका हत्यारालाई कडा कानुनी कारबाहीको माग गर्दै मेचीमहाकाली संयुक्त बुहारी आवाजले देशभरका तीस बढी जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । गुलाब खातुनका हत्यारालाई अधिकतम कारबाहीको सुनिश्चितता नभएसम्म बुहारी आवाज चुप लागेर नबस्ने चेतावनी सहितको पत्र तीस जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाइ पठाइएको हो ।
देशब्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन झापामार्फत पनि ज्ञापन पत्र पठाइएको बुहारी आवाजका झापा सयोजक शिखा खडका गणेशले जानकारी दिनुभयो । केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेका अनुसार प्रतिनिधिमुलक उक्त ज्ञापनपत्र बुझाउने कार्यमा उपाध्यक्ष गंंगा भट्टराई, सहसचिव अम्बिका दाहाल, कोषाध्यक्ष परु सुवेदी लगायतको सहभागीता रहेको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आफुले तत्कालै प्रधानमन्त्री समक्ष पठाउने प्रतिबद्धता जनाउनुभयो ।
आवाजकि केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा र झापा सयोजक खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निर्मला, सुस्मिता, करुणा, सम्झना, सन्जा, गुलावस्ता अबोध बालिकाले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था किन आयो ? भनी प्रधानमन्त्रीलाई प्रश्न गरिएको छ । उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ ।
खातुनको बलात्कारपछि हत्या गरिएको अवस्थामा बोरामा शब भेटिएको थियो । हत्या आरोपमा एक ब्यक्ति पक्राउ परिसकेका छन भने आरोप पनि स्वीकार गरिसकेको महोत्तरी प्रहरीले जनाएको छ । हत्या आरोपीको घरमा स्थानीयले आगजनी समेत गरेका छ्न । हत्याको बिरोध र आरोपीमाथी अधिकतम कारबाही माग गर्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर अर्का एक सन्जय न्यौपानेको समेत मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला कारवाहीको माग गर्दै बुहारी आवाजद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

Most Popular

Recent Comments