Home समाचार एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
संस्थाको विर्तामोडस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चालक समिति अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सार्वजनिक प्रतिवेदन अनुसार कोरोना संक्रमणको प्रभाव र प्रतिकुलताका वावजुद पनि संस्थाको बैंकिङ्ग कारोवारतर्फ राम्रै नतिजा हासिल गरेको जानकारी दिंदै अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरीतर्फ भने लक्ष्यभन्दा ३१ लाख आम्दानी गरेको जानकारी दिनुभयो । संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ७२ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखेको भएपनि ४० लाख ७५ हजार २९४ रुपैयाँमात्र आम्दानी गर्न सफल भएको अध्यक्ष उप्रेतीले बताउनु भयो ।
संस्थाले २०७६÷०७७ को एक आर्थिक वर्षको ६९ करोड ४१ लाख ३० हजार २०० चुक्ता शेयर पूँजीमा बृद्धि गरी ८८ करोड १९ लाख ३ हजार ७०० पुर्याएको छ भने साधारण जगेडा तथा अन्य कोषमा ७२ करोड, १५ लाख ७६ हजार ५०० रुपैयाँ पु्र्याएको छ । अघिल्लो वर्ष यो कोषमा ५६ करोड नौ लाख ५३ हजार ११३ रुपैयाँ रहेको थियो ।
२०७६÷०७७ मा १६ हजार २६६ जना नयाँ सदस्य थप गरी ८५ हजार १३६ सदस्य संख्या पुर्याएको संस्थाले चालु आवमा २० हजार २०० सदस्य विस्तार गरी १ लाख ५ हजार बढी पुर्याउने लक्ष्य राखेको तयारी प्रतिवेदनमा उल्लेख गरिएको छ । उल्लेख्य मुनाफा आर्जन गर्न नसकेको जनाएको संस्थाले यो वर्ष १२ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कोरोना भाइरस संक्रमण जोखिमको एनएमसीमा गहिरो प्रभाव परेको बताउनु भयो । कोरोना कहरका बेला संघीय सरकार, प्रदेश सरकार र स्थनीयतहले ल्याएका स्वास्थ्य सुरक्षा र सचेतना कार्यक्रमको पालना गर्दै आफ्ना सेवाग्राहीलाई सेवा प्रभाव गरेको एनएमसीले कोरोना संक्रमणका बेला सदस्यहरुलाई सापटी रकम अन्तरगत ३६ लाख २२ हजार ५ सय रुपैयाँ वितरण गरेको जानकारी दिनुभयो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक विष्णु गौतमले प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गौतमले सदस्यको निक्षप खातामा रकम ऋणात्मक देखिएको भन्दै त्यसलाई सुधार गर्न सुझाव दिनुभयो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण खतिवडाले स्वागत गरेको पत्रकार सम्मेलनमा सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष भगवती घिमिरेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

Most Popular

Recent Comments