Home समाचार जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।
मंसिर ४ गतेबाट सुरु गरिएको सप्ताहको शनिवार भद्रपुरमा आयोजित कार्यक्रमका बीच नेतृत्व विकास, बृक्षारोपण तथा चेस प्रतियोगिता सहितका विभिन्न ३ वटा कार्यक्रमहरु सम्पन्न गरिएको हो ।
भद्रपुर स्थित सामुदायिक भवनमा सम्पन्न नेतृत्व विकास सम्बन्धि प्रशिक्षणको सहजीकरण जेसीआई सिनेटर जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष उत्तर चापागाईले गर्नुभएको थियो । कार्यक्रममा भद्रपुर चन्द्रगढीक्षेत्रका ४० जना किसोर किसोरीहरुको सहभागिता रहेको थियो ।
जेसीज भद्रपुरका पुर्व अध्यक्ष अभिषेक ढुङ्गानाले मन्तव्य राख्नु भएको कार्यक्रमको भद्रपुर जेसीज बर्ष २०२० का अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षता तथा महासचिव निकास पाण्डेको संचालनमा सम्पन्न गरिएको थियो ।
कार्यक्रमको स्वागत कार्यक्रम संयोजक रमेश कार्की तथा जेसीज आश्था वाचन रमेश लुईटेलले गर्नु भएको थियो । त्यसैगरी जेसीज सचिवालय आसपासको क्षेत्रमा २८ वटा अशोकजातका विरुवा समेत रोपिएको महासचिव निकास पाण्डेले बताउनु भयोे ।
शनिवार नै सम्पन्न जेसिज द्धारा आयोजित चेस प्रतियोगितामा प्रथम, द्धितिया र तृतीया स्थानमा विजयी हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई क्रमशः नेशनल मेरीगोल्डका सुलभ श्रेष्ठ, विदुर ई स्कुल भद्रपुरका प्रज्वल कार्की र ग्रिनफिल्ड ई स्कुल पृथ्वनिगरका आनन्द राई लाइ नगद १५ सय ,१००० र ५०० सहित चेस वोर्ड , जेसीज लोगो तथा मेडल प्रदान गरिएको जेसीजले जनाएको छ ।
प्रतियोगितामा भद्रपुर नगरपालिका भित्रका १२ वटा संस्थागत विद्यालयवाट मावी स्तरमा अध्यानरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सप्ताह मंसिर १३ गते सम्म विविध सामाजिक कार्यक्रमहरु गर्दै समापन गरिने अध्यक्ष पोखरेलले बताउनु भयो । कार्यक्रममा पुर्व अध्यक्षहरु लगाएतका जेसीज पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

Most Popular

Recent Comments