Home समाचार विर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी

विर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी

विर्तामोड ११ साउन । विर्तामोडको हनुमान सेन्ट्रलमा शनिवार साँझ आगलागी भएको छ । हनुमान सेन्ट्रलको भुँइतलामा रहेको एउटा पसलबाट आगलागी शुरु भएपनि कारण भने खुलिनसकेको विर्तामोड प्रहरीले जनाएको छ ।
हनुमान सेन्ट्रलको भुँईतलामा अवस्थित दिनेस पाठकले सञ्चालन गरेको जुत्ताचप्पल पसलबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।
आगलागी विर्तामोड, भद्रपुर र मेचीनगरको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा करिव एक घण्टामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विद्युतीय गडबडीका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी उपरीक्षक थापाले बताउनु भयो । आगलागीबाट पाठकले सञ्चालन गरेको पसलका सबै सामग्री जलेर नष्ट भएको छ भने अन्य क्षति नभएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी

Most Popular

Recent Comments