Home समाचार झापा प्रहरीलाई सिम्रिकद्वारा स्वास्थ्य सामग्री

झापा प्रहरीलाई सिम्रिकद्वारा स्वास्थ्य सामग्री

भद्रपुर २६ कात्तिक । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले जिल्ला प्रहरी कार्यालय झापालाई कोरोना संक्रमणबाट जोगिन सहयोग पुर्याउने उद्देश्यले सेनिटाइजर र मास्क वितरण गरेको छ ।
कोरोना संक्रमणका बेला पनि शान्ति÷सुरक्षा व्यवस्थापनमा २४ सै घण्टा खटिनुपर्ने प्रहरी कर्मचारीलाई लक्षित गरी सिम्रिकले ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख विजय बस्नेतसहित सहकारीकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा पुगेर आज उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले सहयोग स्वास्थ्य सामग्री ग्रहण गर्दै अग्रभागमा रहेर काम गर्ने प्रहरीको सुरक्षाका लागि संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले महत्वपूर्ण काम गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार झापा प्रहरीलाई सिम्रिकद्वारा स्वास्थ्य सामग्री

Most Popular

Recent Comments