Home समाचार प्रहरीद्वारा चारलाख ७० हजारको सामानमा भन्सारमा

प्रहरीद्वारा चारलाख ७० हजारको सामानमा भन्सारमा

भद्रपुर २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगरका विभिन्न क्षेत्रबाट चारलाख ७० हजार मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
गस्तीमा खटिएको प्रहरी टोलीले भन्सार छली अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको तीनलाख ८० हजार मूल्य बराबरको काँच तथा पूजाका भाँडाहरु, ६५ हजार मूल्य बराबरको सूर्ती र २५ हजार मूल्य बराबरको कुर्ता गरी चारलाख ७० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।
विभिन्न समयमा बरामद गरेको उक्त सामान आवश्यक कारवाहीका लागि प्रहरीले आज (बुधबार) भद्रपुर भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रहरीद्वारा चारलाख ७० हजारको सामानमा भन्सारमा

Most Popular

Recent Comments