Home समाचार सहाराका सदस्यलाई प्रविधि सम्बन्धी तालिम

सहाराका सदस्यलाई प्रविधि सम्बन्धी तालिम

लक्ष्मीपुर २५ कार्तिक । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्देश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ ।
सेवा केन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्येनजर गर्दै सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाई १० समुह बनाएर मंगलबार एकदिने तालिम दिएको हो ।
संस्थाको निति, विधि र प्रविधिलाई आत्मासाथ गर्दै तालिम दिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताउनु भयो । तालिमको औचित्यमाथि प्रकाश पार्दै भारतीले प्रविधिको उपयोग गर्ने क्रममा निकट भविष्यमा एटीएम प्रयोगमा ल्याइने बताउनु भयो । उहाँले उद्यमी महिला विकास शुरु गरिने समेत जानकारी दिनुभयो ।
तालिममा सहभागीलाई संस्थाका आइटी वरिष्ठ प्राविधिक नेत्रप्रसाद खतिवडाले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागीहरुलाई मोवाइल बैकिङ्, इ–सेवा, एसएमएस, ट्याव्लेटद्धारा असुली लगायतका विषयमा जानकारी गराइएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न सदस्यहरुलाई घरबाट नै इ–सेवा प्रयोग गर्न पनि सिकाइएको थियो ।
सेवा केन्द्रकी सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कनकाई नगरपालिका–८ का अध्यक्ष प्रेमबहादुर कटुवालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका बिर्तामोडका अनुगमन अधिकृत घनश्याम रायले संस्थाका विषयमा जानकारी दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाका कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, लक्ष्मीपुरका प्रहरी इन्चार्ज जितेन्द्रनारायण मण्डल लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सहाराका सदस्यलाई प्रविधि सम्बन्धी तालिम

Most Popular

Recent Comments