Home समाचार ६ स्वास्थ्यकर्मी सहित झापामा ७२ संक्रमित थपिए

६ स्वास्थ्यकर्मी सहित झापामा ७२ संक्रमित थपिए

झापा २१ कात्तिक । ६ जना स्वास्थ्यकर्मीसहित पछिल्लो २४ घण्टामा झापाका ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो अवधीमा सबै भन्दा बढी झापामा कोरोना संक्रमणको हव स्पर्ट बनेको दमक नगरपालिका २ स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले जनाउनु भएको छ ।
त्यसैगरी विर्तामोड नगरपालिका भित्रका ३ स्वास्थ्यकर्मीसहित १९ जनामा कोरोना पोजेटिभ देखिएको छ भने तेह्रथुम र इलाम ठेगाना भएका दुईसहित भद्रपुर नगरपालिकाका ११ जना, अर्जुनधाराका ५ जना,मेचीनगर, कनकाई र शिवसताक्षीका ३/३ जना हल्दिवारीका २, गौरादह नगरपालिका र कमल गाउँपालिकाका १/१ तथा स्थानीय र उमेर नखुलेका १ सहित पछिल्लो २४ घण्टामा झापाका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मेचीनगरका तीन संक्रमित मध्ये एक स्वास्थ्य कर्मी हुन भने कनकाईका तीनमध्ये एकजना इलामका भएको बताइएको छ ।
यो संगै झापामा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ४३४ पुगेको छ । जसमध्ये एकहजार ४२३ जनाले कोरोनालाई परास्त गर्दा ९५४ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरंगमा १२३ जना छन् भने सुनसरीमा ८९ छन् । यस्तै, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ११७ पुगेको छ ।
प्रदेश १ मा आज ३५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ । प्रदेश १ मा आज १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ६ स्वास्थ्यकर्मी सहित झापामा ७२ संक्रमित थपिए

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments