Home Featured 2 झापामा एकैदिन थपिए ११९ संक्रमित, कुन स्थानीय तहमा कति ?

झापामा एकैदिन थपिए ११९ संक्रमित, कुन स्थानीय तहमा कति ?

झापा २० कात्तिक । पछिल्लो समय झापाामा कोरोनाको संक्रमण बढ्दै गएको छ । झापामा अहिलेसम्मकै सबैभन्दा बढी ११९ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएसँगै संक्रमणको जोखिम बढेको स्पष्ट भएको हो । ३० हजार ४४१ पीसीआर नमूना स्वाव परीक्षण गर्दा २ हजार ३६२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिंएको हो । कोरोना संक्रमण पुष्टि हुँदा एकहजार ४१२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
झापामा पछिल्लो २४ घण्टामा ११ वटा स्थानीय तहका एकसय १९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी दमकमा ४८ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै विर्तामोड नगरपालिकामा १५ महिला र १४ पुरुषसहित २९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार कमल गाउँपालिकाका–१०, गौरादहका–६, बुद्धशान्ति र हल्दिवारी गाउँपालिकाका–५÷५ जना, अर्जुनधारा नगरपालिकाका–४, शिवसताक्षी, कनकाई, मेचीनगर र भद्रपुर नगरपालिकाका ३÷३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
संक्रमण पोजेटिभ देखिएका मध्ये १ हजार ४१२ जना कोरोना जितेर घर फर्केका छन् भने आइसोलेसनमा ८१३ जना उपचाररत रहेको कार्यालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमण पुष्टि भएर झापामा हालसम्ममा ५७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाँईले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 झापामा एकैदिन थपिए ११९ संक्रमित, कुन स्थानीय तहमा कति ?

Most Popular

Recent Comments